एकसिङ्गे गैँडा र बाघका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गेका लागि वासस्थान तयारी तीव्र
Saturday, June 24, 2017
Wednesday, June 21, 2017
चितवन चिनाउने चरा
नेपालको मध्यभागमा पर्छ, चितवन। देशको पूर्व-पश्चिम गर्नेहरूका लागि पनि खास पायक पर्ने ठाउँ हो चितवन। मानिसलाई जसरी पायक पर्छ; चरालाई पनि पायक पर्ने जिल्लाको रूपमा चितवनलाई चिनिन्छ। पर्यटकीय हब चितवन आज बिस्तारै चरा हब बन्दैछ। 'बर्ड वाचर'का लागि अहिले स्वर्ग कहलिएको छ चितवन। नेपालमा पाइनेमध्ये ७० प्रतिशत बढी प्रजातिका चरा चितवनमा पाइन्छन्। यहाँका घाँसेमैदान र सिमसार क्षेत्र चराको बाक्लो बासस्थान क्षेत्र हो। घारी र समथल सतहदेखि उच्च पहाडी इलाका भएकाले पनि चितवन सेरोफेरो चराहरूको अनुकूल बासस्थान क्षेत्र हो। विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र नारायणी-राप्ती नदी आसपासलाई चराको सुरक्षित बासस्थान क्षेत्र मानिन्छ। चितवनको प्राकृतिक वातावरण चराको लागि उपयुक्त भएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउँछन्। हालैको रेकर्डअनुसार नेपालमा पाइने आठ सय ८६ प्रजातिका चराहरूमध्ये चितवनमा तीन सय ३४ प्रजातिका चरा भेटिएका छन्। पछिल्ला दिनमा यो संख्या वृद्धि हँदै गइरहेको छ। नेपालका ३७ प्रजातिका लोपोन्मुख चराहरूमध्ये २४ प्रजातिका चराहरू यहाँ पाइन्छन्। यहाँ पाइने मुख्य चराहरूमा मयुर, धनेश, सुगाका विभिन्न प्रजाति, जलकौवा, चखेवा, गरुड, हुट्ट्यिाउँ, चिल, उल्लु, लाँचे, काठफोर, किङफिसर, ढुकुर, हलेसो आदि हुन्। यस्तै अति दुर्लभ चराहरूमा खरमजुर, रागधनेश, डंगुरगिद्ध पनि यहाँ पाइन्छन्। २०७१ को चरा गणनामा यहाँ सातवटा नयाँ चरा थपिएका थिए भने यस वर्षको गणनामा यहाँ 'बगर ज्यामी' नामको नयाँ चरा फेला परेको थियो। चितवन चराहरूको बासस्थानमात्र नभई बसाइसराइको गन्तव्य पनि हो। गर्मीयाममा यहाँ ४७ प्रजातिका चराहरू बसाइसराइ गरी आइपुग्छन् भने जाडोयाममा एक सय ४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन्। देशका विभिन्न भागबाट समेत चराहरू चितवन आसपास प्रजनन गर्न आउने स्थानीय चराविद् टीकाराम गिरी बताउँछन्। त्यसैले पनि देशदेखि विदेशसम्मका पर्यटकहरू चरा अवलोकनका लागि चितवन आउने गर्छन्। चराहरूको बसाइसराइ हेर्न कै लागि विदेशबाट समेत ठूलो संख्यामा पर्यटकहरू चितवन आउने निकुञ्ज अधिकृत कँडेल बताउँछन्। विभिन्न देशबाट हिउँद यामको सुरुवातसँगै चितवन राष्ट्रिय निकुञ्ज आउने चराहरू अहिलेसम्म निरन्तर आइरहेका छन्। विदेशी चराहरू पहिलाको तुलनामा कम देखिन थालेको चराविज्ञ गिरी बताउँछन्। चराहरू हेरेर मज्जा लुट्न चाहनेको संख्या पनि दिनदिनै बढिरहेको छ। यहाँ भारतका स्वर्गचरी तथा राजचरीसमेत प्रजननका लागि आउने गर्दछन्। युरोपदेखि एसियाका विभिन्न मुलुकमा ट्याग लगाएका चराहरूसमेत यहाँ फेला पारिएको छ। फागुन-चैतका दिनमा न्यानो र रातमा हल्का चिसो हुने हँदा यो मौसम रैथाने तथा आगन्तुक चराहरूको लागि उपयुक्त मौसम मानिन्छ। निकुञ्ज क्षेत्रमा कात्तिकको अन्तिम सातादेखि माघ अन्त्यसम्मको अवधि चरा आउने मुख्य समय हो। नेपालको हिमाली क्षेत्रको साथै साइबेरिया, बर्मा, तिब्वतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चराहरू यहाँ आउने चराविज्ञ हेमसागर बरालले बताए। उनका अनुसार ती चराहरूको बसाइ चैत अन्तिमसम्म हुने गर्दछ। यस वर्ष चरा आइपुग्नुपर्ने समय सकिन अब एक महिना बाँकी छ। पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्या चराहरूको आगमन तथा वृद्घिमा ह्रास आउनुको कारण देख्छन् चराविज्ञ बराल। चितवनको सौराह, कथार, कसरा, अमलटारी, माडी, बीसहजारीताल, लामीताल, तमोरताल, पदमपुर, पटना साथै नारायणी र राप्ती नदीका किनाराहरू चरा बसोबासका लागि प्रमुख स्थानहरू मानिन्छन्। चितवन खासगरी पानीमा आश्रित चराहरू बाक्लो बासस्थान मानिन्छ। निकुञ्ज र आसपासका क्षेत्रमा जनचेतना अभाव र फितलो कानुनको फाइदा उठाउँदै चराको सिकार बढी भएका कारण पनि यहाँ चराको अस्तित्व बिस्तारै संकटमा पर्दै गएको अर्का चरा गाइड तथा चराविज्ञ बासु बिडारी बताउँछन्। यहाँ पहिला देखिने तर अहिले लोप भएका चरा, ती र तिनका प्रजातिको लोप हुनुको कारण भने निकुञ्जले खोज्न नसकेको स्थानीयहरूको गुनासो छ। विभिन्न ऋतुमा आउने चराको संख्या घट्नुको कारण निकुञ्जले खोज्न सकेको छैन। यसका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने स्थानीयवासीको माग छ। नवलपरासी चितवनको सीमा भएर बग्ने नारायणी नदी एवं निकुञ्ज वरिपरि पाइने एघार प्रजातिका चराहरू पूर्ण तथा सिमसारमा आ िश्रत छन्। त्यस्तै संकटापन्न अवस्थामा रहेका विश्वका एक सय ४९ प्रजातिका चराहरूमध्ये ३९ प्रजातिका चरा चितवनआसपास देख्न पाइन्छ। निकुञ्जको ठूलो विशेषता भनेको कम समय र सुरक्षित वातावरणमा धेरैभन्दा धेरै प्रजातिका चरा अवलोकन गर्न पाइनु पनि हो। दिनभरिको हिँडाइ तथा जंगल सफारीको थकान बिर्साउन पनि निकुञ्ज आसपासका चराहरू हिजोआज पर्यटकहरूको रोजाइमा पर्न थालेका छन्। यद्यपि पर्यटकका लागि भने व्यवस्थित चरा अवलोकन मचानहरू निकुञ्जले स्थापना गर्न सकेको छैन। चरा अवलोकनका लागि विशेष व्यवस्थित पूर्वाधार राज्यले स्थापना गर्ने हो भने चितवनको अर्को परिचय 'चरा गन्तव्य चितवन' पनि बन्न सक्छ ! यतातर्फ चितवनवासीले पनि सोच्ने कि ! ? - See source: http://www.annapurnapost.com
पानीमा आश्रित चार प्रजातीका चरा बढे
१९ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या बढेको छ । अघिल्लो वर्ष ५० प्रजाती रहकोमा यस बर्ष बढेर ५४ प्रजाति भएको चराविद् बासु विडारीले जानकारी दिए ।
जसमध्ये पनि पानीमा आश्रित चखेवा यसवर्ष अत्यधिक मात्रमा बढेको उनले बताए । गत साल २ हजार ४ सय ६८ चखेवा रहकोमा यस बर्ष २ हजार ९ सय ५ वटा चखेवा फेला परेको थियो ।
निकुञ्ज क्षेत्रअन्तर्गतका सिमसार तथा नदी क्षेत्रमा भइरहेको चरा गण्ँनाको क्रम यस क्षेत्रमा चराको संख्या बढेको देखिएको हो । संख्या बढ्नेमा सबै पानी चराहरु रहेको छन् ।
यस बर्ष पोहर नदेखिएका चराका प्रजातिहरुमा तिलहरी चरा, प्रसान्त, लाम डुटे राजपुत्रि जातका चरा भेटिएको गणनामा संलग्न वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार पानी चराको वासस्थानमा वातावरण प्रतिकूल भएकाले सिमसारमा समेत चरा बढेको बताए । चितवनसहित देशभरका निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १३ दिनसम्म चरागणना गरिएको थियो ।
गणनामा पानीमा ५ हजार ६ सय ५९ वटा र पानी बाहिर १० हजार ३२ चरा गरिने चराविद् विडारीले बताए । सिमसार क्षेत्रमा दुर्लभ चराको संख्यामा विस्तारै बढ्न थालेपछि सरकारी तथा गैरसरकारी संस्थाको पहलमा चरा गण्ँना कार्य सुरु गरिएको थियो ।
सिमसार क्षेत्रअन्तर्गतका पानीमा आश्रित चरालाई मात्रै गण्ँना गरिएको गण्ँकहरुले बताएका छन् ।
नारायणी, राप्ती नदी, देवी ताल, कमल ताल, लामे ताल, पटना ताल, २० हजारीताल लगायतका सिमसार क्षेत्रमा पंक्षी गणना गरिएको पंक्षिविद् टिकाराम गिरीले जानकारी दिए ।
वर्ड एजुकेसन सोसाइटीको अगुवाईमा चितवन राष्ट्रिय निकुञ्ज, नेपाल पंक्षी संरक्षण्ँ संघ, हिमालयन नेचर, डब्लुडब्लु एफ ताल परियोजना, प्रकृति संरक्षण्ँ कोष,को प्रयासमा नवलपरासी र चितवनको निकुन्ज क्षेत्रमा चरा गण्ँना गरिएको हो ।
गणकहरु समूहमा विभाजित भई झण्डै १३ दिन निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका सिमसार क्षेत्रमा खटिएका थिए । विश्वमा पाइने मध्ये १० प्रतिशत चरा नेपालमा मात्रै पाइन्छन् । यी मध्ये ३३ प्रजातिका पंक्षी दुर्लभ छन् ।
विश्वमा दुर्लभ मानिएको २६ प्रजातिका पंक्षी चितवन राष्ट्रिय निकुन्जमा पाइने निकुञजका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए । हालसम्म नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छ । यी मध्ये ६ सय ३४ प्रजाति चितवनमा मात्र पाइने बिडारीले जानकारी दिए ।
चितवनमा नयाँ प्रजातिका चरा फेला परे
रामकुमार श्रेष्ठ
५ माघ, नवलपरासी । नवलपरासी र चितवनको सीमाना भएर बग्ने नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा चरा गणना सकिएको छ । बर्षेनी चरा गणना गर्ने क्रममा यस बर्ष पनि आइतबार र सोमबार दुई दिन लगाएर चरा गणना गरिएको हो ।

चराहरुको गणनाका लागि दुई समूह बनाइएको थियो । यसपटक प्रकृतिविद् भागिरथ चौधरीको नेतृत्वमा १३ जना संरक्षणकर्मीहरुको साथै सञ्चारकर्मीहरुको सहभागितामा अमलटारीदेखि त्रिवेणीसम्म र नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य धनबहादुर चौधरीको नेतृत्वमा सिक्रौलीदेखि अमलटारीसम्म नारायणी नदीको उत्तरी भंगालोलाई आधार मानेर चरा गणना गरिएको थियो ।
नारायणी नदीका साथै चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको सिमसार क्षेत्र राप्ती नदी, देवी ताल, कमल ताल, लामे ताललगायतका मुख्य क्षेत्रहरुमा पंक्षी गणना गरिएको नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य चौधरीले जानकारी दिए ।
नारायणीमा दुई प्रजाति फेरि देखिए
गत बर्ष चरा गणना गर्ने क्रममा नदेखिएका दुई प्रजातिका चरा यस बर्ष पुनः देखिएका छन् । ‘कमन कुट’ नामक आगन्तुक चरा र ‘ब्राउन कर्क’ नामक स्थानीय जातका एक-एक वटा चरा देखिएका हुन् ।
त्यस्तै नारायणी नदीमा बथानका बथान देखिने चखेवा-चखेवी पनि गत बर्षको तुलनामा केही बढेको छ । ‘गत बर्ष नारायणी नदीमा एक हजार सात सयको हाराहारीमा चखेवा-चखेवी भेटिएकोमा यस बर्ष दुई हजार सात सय चखेवा-चखेवी भेटिएको छ,’ चौधरीले भने ।
पानीमा आश्रित सिम कुखुरा, चखेवा चखेवी, खोया हाँस, जलेवा, मणि टुंडक, जल कुखुरा, भूडिभोड, गरुण, कालो गरुण, सिरो ठोडे, हुटिट्याउँ, टिमटिमे लगायतका चराहरु नारायणी नदीमा आश्रित छन् । यी चराहरु यहाँका रैथाने चराहरु हुन् ।
त्यसका साथै नेपालकै हिमाली भेगका साथै साइबेरिया, तिब्बत, बर्मा चिसो छल्न आउन र आहाराका आउने आगन्तुक चराहरु पनि यहाँ पाइने गर्दछन् ।
लोप हुँदै चराका प्रजाति
प्रत्येक बर्ष यही समयमा नारायणी नदीमा थारु भिलेज रिसोर्टको ब्यवस्थापनमा चरा गणना हुँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, नेपाल पंक्षी संरक्षण संघ, वर्ड एजुकेशन सोसाईटी सौराहा, हिमालयन नेचर काठमाडौं, डब्लु.डब्लु.एफ, ताल परियोजना, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहमति र सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज वरपर बासस्थान बनाएर नारायणी नदीमा चरीचरण गर्ने पंक्षीहरुको गणना गरिएको हो ।
विश्वमा पाइने पंक्षीहरुको १० प्रतिशत प्रजाति पंक्षी नेपालमा पाइने गरेका छन् । जसमध्ये ३३ प्रजातिका पंक्षीहरु दुर्लभ मानिन्छन् । तिमध्ये विश्वमा दुर्लभ मानिएका २६ प्रजातिका पंक्षीहरु चितवन राष्ट्रिय निकुञ्जमा नै पाइने गरेको चौधरीले बताए । चौधरीका अनुसार जसमध्ये ११ प्रजाति सिमसारमा आश्रित छन् ।
चरा लोप हुँदै जान थालेपछि सन् १९८७ मा दक्षिण पूर्वी एसियामा पंक्षीहरुको गणना शुरु गरिएको थियो । नेपालमा भने सन् १९९९ देखि टाइगर माउन्टेन पोखरा लजले महत्वपूर्ण मानिने ताल तलैयामा पंक्षीहरुको गणना शुरु गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सय १५ प्रजातिका चराहरु मध्ये नारायणी नदीमा ४७ प्रजातिका चराहरु देखिने गरेकोमा अहिले त्यो घटेर ३९ प्रजातिका मात्रै देखिएका छन् । गत बर्ष ३७ प्रजातिका चरा देखिएका थिए । चराका प्रजातिहरु लोप नभइसके पनि संख्या घटेको चौधरीको अनुभव छ ।
किन घट्दैछन् चरा ?
प्रकृतिविद् भागिरथ चौधरीका अनुसार चरा घट्नुको मुख्य कारण चरा आश्रित क्षेत्र नारायणी नदी प्रदुषण हुनु हो । नारायणी नदीमा विभिन्न कारखानाबाट निस्केको प्रदुषण सोझै फालिने र नदीलाई ढलको निकासको रुपमा व्यवस्थापन गर्दा पनि प्रदुषण भई चरा घटेको नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य चौधरीले बताए ।
‘नारायणी नदी प्रदुषण हुँदा चराहरु रोगी भई मर्नुका साथै प्रजनन् क्षमतामा पनि कमी आएको छ,’ चौधरीले भने, ‘चराहरुको सरदर बाँच्ने उमेर पनि घट्दै गएको छ ।’
त्यसैगरी चोरी निकाशी, बासस्थानको अभाव र बालीनालीमा विषादीको प्रयोग पनि चरा घट्नुका अरु कारण हुन् । धनबहादुर चौधरीले चरा सबै ठाउँमा घटेका र चितवन राष्ट्रिय निकुञ्जमा पनि निक्कै मात्रामा घटेको बताए ।
जाडो मौसममै चरा गणना किन ?
नेपालको हिमाली भेग र साइबेरिया, तिब्बत, बर्मा लगायतका हिमाली देशबाट चिसो छल्न र आहाराका लागि जाडो मौसममा चराहरु तराई झर्ने गर्दछन् । सोही क्रममा पुस-माघसम्म आगन्तुक चराहरुले पनि आफ्नो बस्ने स्थान तय गरिसकेकाले चरा गणना जाडोमा गरिने चौधरीले बताए ।
उत्तरबाट आउने चराहरु मंसिर र पुसको पहिलो सातासम्ममा झरीसक्ने र पुसको अन्त्य तिर बासस्थान तय गरिसक्ने भएकोले माघको पहिलो साता तिर चरा गणना गरिएको हो ।
वाईल्ड लाईफ पर्यटनको उत्कृष्ट गन्तव्य : चितवन राष्ट्रिय निकुञ्ज
हिमाली खवर संवाददाता – नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु मध्ये एउटा प्रमुख गन्तब्य हो चितवन । विश्वमै वाइल्ड लाइफ पर्यटनका लागि समेत चर्चित रहेको चितवन राष्टिय निकुञ्जले नेपाली पर्यटनलाई विश्वव्यापी बनाउन निक्कै मद्धत गरेको छ । ९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज वि.स २०३० सालमा स्थापना भएको हो । नेपालकै पहिलो राष्टिय निकुञ्जको रुपमा स्थापना भएको यो निकुञ्ज दुर्लभ एक सिंगे गैंडाका लागि विश्वभर प्रख्यात रहेको छ । सन् १९८४मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भए पछि यो निकुञ्जमा विश्वभरका पर्यटकहरुको रोजाइमा पर्न थाल्यो ।
१९औं शताब्दीसम्म जङ्गलको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज नेपाली शासकहरुको सिकारथलोको रुपमा रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौँको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरूको लागि यो सिकार थलोको रुपमा समेत लिइन्थ्यो । सन् १९५० मा, चितवनको वन र घाँसे मैदान २,६०० किमी (१,००० वर्ग माइल)मा विस्तार भयो जसमा लगभग ८०० वटा गैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । त्यस पछिका केही दशक पहाडबाट तराईतर्फको बसाईसराई उच्च हुन थालेपछी यहाँको चोरी सिकारी बढ्न थालेको पाइन्छ । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्थाको कानुनले गैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएपछि सन् १९५९ मा, एडवर्ड प्रिचर्ड जीको सर्वेक्षणले उत्तरी सिमानाको राप्ती नदी र दक्षिणी सिमाना विचमा बसोबास गर्ने वन्यजन्तुको संरक्षण गर्न दश वर्षको लागि यो क्षेत्रलाई परिक्षणको रुपमा संरक्षीत क्षेत्रको रुपमा विकसित गरिनु पर्ने निष्र्कष निकाले ।
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र ९३२ वर्ग किमी मा विस्तार गरियो । त्यसपछि सन् १९९७ मा नारायणी(राप्ती नदीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण(पूर्वी सीमानामा र नेपाल भारत अन्तर्राष्टिय सिमानामा ७६६.१ वर्ग किलोमिटरको मध्यवर्ती क्षेत्र समेत जोडिन पुग्यो । चितवन राष्टिय निकुञ्ज वन्य जन्तु संरक्षणमा नेपालकै मात्र नभई विश्वकै पहिलो निकुञ्जमा पर्छ । चितवन राष्टिय निुकुञ्ज विश्वव्यापी रुपमा वाइल्ड लाईफ पर्यटनका लागि पनि प्रख्यात छ । ४० बर्षको कडा मिहेनतले चितवनलाई विश्वव्यापी रुपमा वाइल्ड लाईफ पर्यटनको लागि चर्चित बनाएको बताउछन् टेम्पल टाइगर ग्रिन जंगल रिर्सोटका संञ्चालक बसन्त राज मिश्रा । आज चितवन निकुञ्ज विश्वमै वाइल्ड लाईफ पर्यटनका लागि अफ्रिका पछिको दोस्रो आर्कषणको रुपमा लिइन्छ । यसरी यो निकुञ्जलाई एसियाकै पहिलो वाइल्ड लाईफ पर्यटकीय केन्द्र बनाउनको लागि यहाँ अर्थात चितवनका पर्यटन व्यवसायीको पहिलो योगदान र हात रहेको धारणा मिश्राको रहेको छ । संरक्षण र पर्यटनलाई संगसंगै लग्न सकिन्छ भन्ने प्रयासको पहिलो उदाहरणको रुपमा चितवन राष्टिय निकुञ्जलाई लिने गरिन्छ । चितवन राष्टिय निकुञ्ज भित्र रहेका ७ वटा रिसोर्टहरुलाई सरकारले सन् २०१२मा निकुञ्जभित्रबाट बाहिरीने आदेश दिएको थियो । ति बाहिरीने रिर्सोटमा टेम्पल टाईगर पनि थियो । त्यस यताका ५ बर्षमा टेम्पल टाइगर ग्रिन जंगल रिर्सोट निकुञ्जको मध्यवर्ति क्षेत्रको किनाराबाट सेवा प्रदान गर्दै आइरहेको छ । करिब ३० बर्ष अगाडी स्थापना भएको यो रिर्सोट नेपाली पर्यटन उद्योग र विशेषगरि वाइल्ड लाईफ पर्यटनको लागि एसिया प्रसान्त क्षेत्रमा नमुनाको रुपमा लिइन्छ । पर्यटन उद्योगबाट सरकारले बर्षेनी अर्बौँ रुपैँया राजस्व उठाउने गर्छ । तर पर्यटन उद्योगमा प्रत्यक्ष रुपमा पहिलो प्रभाव देखाउने रिर्सोट र होटलहरुको लगानि सुरक्षित गर्ने र उद्योगलाई व्यवस्थित बनाउने प्रयासमा लागेको पाईदैँन् ।
विगत ४ वर्षको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि चितवन राष्ट्रिय निकुञ्जमा गैंडाहरुको संख्या पनि बर्षेनी बढिरहेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६४५ गैंडा रहेको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०२ गैंडा भेटिएका छन् । निकुञ्ज सरकारको मातहतमा रहने भएपनि यसको संरक्षण र संर्वद्धनको पहिलो दायित्व र कर्तव्य निकुञ्जका पर्यटन व्यवसायीको रहने धारण मिश्राको रहेको छ । “हाम्रो व्यसाय नै वाइल्ड लाइफमा अडेको छ तसर्थ यसको संरक्षणमा पनि हामी पहिला अग्रसर हुनु पर्छ । ” मिश्रा भन्छन् ।
त्यसो त बार्षिक रुपमा करिब २० करोड रुपैँया राजस्व तिर्ने गरेको टेम्पल टाइगर रिर्सोटलाई निकुञ्ज भित्रबाट बाहिर निकाले पछि चितवनमा आउने लक्जरी पर्यटकको संख्यामा पनि कमि आएको छ । एकातिर सरकार पर्यटन बर्ष मनाउने तयारी गरिरहेको छ । (सन् २०१८मा नेपाल भ्रमण बर्ष) अर्का तर्फ पर्यटन व्यसायी र पर्यटन उद्योगमा प्रत्यक्ष रुपमा जोडीएका निकायहरुलाई कमजोर बनाउँदै गएको छ । यदि यस्तै रहने हो भने नेपाली पर्यटन अझ कमजोर बन्न सक्ने पर्यटन व्यवसायीको धारणा रहेको छ ।
चितवन निकुञ्जले तीनपटक शून्य चोरी सिकार वर्ष मनाइसकेको छ । बाघ संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निकुञ्जले अन्तर्राष्टिय स्तरको ‘क्याट्स अवार्ड’ समेत पाइसकेको छ । यसरी चितवन निकुञ्जलाई अन्तर्राष्टिय स्तरमा सफल बनाउन धेरै निकायको योगदान रहेको छ । सरकारको नेतृत्व, स्थानीयको प्रत्यक्ष सहभागित र पर्यटन व्यवसायीको अहोरात्र परिश्रम नै निकुञ्जको सफलताको रहस्य हो । सरकार स्थानिय र पर्यटन व्यवसायी एक आपसमा निर्भर मात्रै नभई जोडीएका छन् यी मध्ये कुनै एकलाई पनि यहाँबाट कमजोर बनाउने हो भने समग्र पर्यटन उद्योग कमजोर बन्न पुग्छ त्यसकारण पनि सरकारले सबै स्टक होल्डरहरुलाई हातेमालो गरेर अगाडी बढ्नु पर्छ । चितवन निकुञ्जमा गैंडा, बाघ र हाक्ती अवलोकनकै लागि विदेशी र स्वदेशी पर्यटक आउने गर्छन् । मूलतः चितवनमा खर्चिला पर्यटकहरु आउने गर्थे तर पछिल्ला ५ बर्ष यता पर्यटकको संख्या बढेको भएपनि ति खर्चिला र पर्यटक नभएको बताइदै आएको छ । ३० बर्षे वाइल्ड लाईफ पर्यटनको अनुभव संगालेका मिश्रा क अनुसार “यो निकै ठूलो बहसको बिषय हो पर्यटकको संख्या बढाउने कि स्तरीय पर्यटक ल्याउने ।”
२०७१र०७२ को तथ्याङ्क हेर्ने हो भने पनि देशभर ६ सय ४५ गैंडा रहेका छन् भने चितवनमा मात्रै ६ सय ५ वटा गैंडा रहेका छन् । टेम्पल टाइगर रिसोर्ट पर्यटन व्यवसाय मात्रै नभई निकुञ्जको संरक्षण र प्रर्वद्धनमा सक्रियता देखाएको छ । रिर्सोटले निकुञ्ज भित्रै हाक्ती प्रजनन केन्द्र पनि संञ्चालन गर्दै आएको छ । अहिले उक्त प्रजनन् केन्द्रमा एउटा छावा सहित ३ वटा हाक्ती रहेका बताउछन् रिर्सोटका पर्यटक गाईड तथा म्यानेजर अम्बिका प्रसाद । अहिले मात्रै चितवन निकुञ्जमा ३ सय भन्दा धेरैले निकुञ्ज पर्यटक गाईडको रुपमा रोजगारि प्राप्त गरेका छन् । हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यती धेरै मात्रामा रोजगारी सिर्जना गर्ने पर्यटन व्यवसायीहरुलाई विभिन्न कारण देखाउदै सरकारले वेवास्ता गर्नु भनेको मुलुकको आर्थिक तथा स्थानीय आर्थिक जिवनलाई नजरअन्दाज गर्दा भविष्यमा पक्कै पनि यसको नकारात्मक असर समग्र अर्थतन्त्रमा पर्ने आकंलन झाको रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज मुलुकमै सबैभन्दा धेरै रोयल्टी उठाउने निकुञ्जमा पर्छ । बार्षिक रुपमा नेपालका समग्र निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रबाट ५० करोड भन्दा धेरै राजस्व आम्दानी हुने गर्छ जसमा ६० प्रतिशत हिस्सा चितवनको रहने गरेको छ । निकुञ्जको संरक्षणको नाममा सरकारले व्यसायी र स्थानीयलाई अल्ग्याउन खोजेको आरोप व्यवसायी तथा स्थानीयको रहेको छ । चितवन वाइल्ड लाईफ मात्रै नभई थारु संस्कृतीका लागि पनि आर्कषणको रुपमा लिइन्छ । वाइल्ड लाईफ, संस्कृती र अर्थतन्त्रको संयोजन भनेको नै चितवनको आर्कषण हो ।
चालु आर्थिक वर्ष २०७३÷०७४ को मंसिर मसान्तसम्म ५० हजार नौ सय ७० जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । देशव्यापी रुपमा आन्तरिक पर्यटनको माहोल सिर्जना भइरहेको समयमा चितवन पनि त्यसको अपवाद बन्न सक्दैन तर पर्यटन उद्योगमा स्थानीय र पर्यटन व्यवसायीलाई पृथक राखेर सरकारले चितवनको पर्यटकीय महत्वलाई बढाउन नसक्ने आरोप लगाउने गर्छन झा । वाइल्ड लाईफ पर्यटन भनेपछि संसारमै अफ्रीका मात्रै बुझ्ने गरिएको समयमा टेम्पल टाइगरले त्यसको परिभाषा बदलेर नेपालमा पनि वाइल्ड लाईफ पर्यटन संभव छ भनेर उदाहरणीय काम गरेको सम्झिन्छन् झा । पछिल्लो गणना हेर्ने हो भने पनि चितवन निकुञ्जमा १ सय २० बयस्क बाघ छन् । सरकारले निुकञ्ज भित्र रहेको रिर्सोटलाई निकुञ्ज बाहिर सर्ने आदेश दिएको ५ बर्ष पुगिसकेको छ । यस संगै चितवनमा निकुञ्जमा सबैको पहुँच पनि पुगेको छ तर त्यो पहुँच र सहजता निकुञ्जको लागि दिर्घकालीन रुपमा फाइदाजनक हुन्छ की हुदैँन ? संसारभर नै निकुञ्ज भित्र कुनै पनि मानविय क्रियाकलाप गर्नको लागि लामो वाइल्ड लाईफ अनुभव पहिलो सर्तको रुपमा रहेको हुन्छ तर नेपालमा भने त्यसो देखीएको छैन् तसर्थ अबको बहस भनेको तत्कालीन मुनाफाका लागि निर्णय गर्ने वा दुरदृष्टि सहित काम गर्ने भन्ने हो संगै पर्यटक बढाउने मात्रै होइन उनिहरुबाट कसरी धेरैभन्दा धेरै आम्दानी गर्न सकिन्छ र त्यसको फाइदा स्थानीय स्तर सम्म पु¥याउनु पनि हो । यदी सरकारको यस्तै रवैया रहने हो भने चितवन निकुञ्ज आजका लागि मात्रै नभई हजारौँ पुस्ताका लागि पनि यती नै महत्वपूर्ण हुन सक्छ त ? यसको संरक्षण र संर्वद्धन गर्दै यसको प्राकृतीकतालाई नबिथोलीकन अर्थिक लाभ लिन सक्नु पनि ठूलो चुनौती सावित हुने देख्छन झा ।
टेम्पल टाइगर रिर्सोट
सन् १९९८मा स्थापना भएको यो रिर्सोट चितवन राष्टिय निकुञ्ज भित्रको बसाईको लागि पहिलो आर्कषको रुपमा लिइन्छ । प्रकृतिको सान्ध्यितालाई खलबल नगरिकन उच्च स्तरीय सेवा र सत्कार दिने यो रिर्सोट विश्वभरका धेरै ग्रिन संञ्जालहरुको सदस्य पनि हो । वातवरीय सन्तुलन नबिगारीकन स्थानीय स्रोत र साधनको प्रयोग गर्दै अन्तर्राष्टिय स्तरको सेवा प्रदान गर्ने यो रिर्सोट वाइल्ड लाईफ पर्यटनमा नेपालको लागि आधारको विश्वभरको वाइल्ड लाइफ पर्यटनमा रुचि राख्नेहरुका माझ परिचित छ । सन् २०१२को अप्रील महीनाबाट सरकारले यो रिर्सोटलाई निकुञ्ज भित्रबाट बाहिर निकालेपछि हाल नवलपरासीको अमलटारी क्षेत्रको मध्यवर्ति क्षेत्रबाट रिर्सोटले सेवा प्रदान गर्दै आइरहेको छ ।
पर्यटकलाई हाक्ती सफारी, जिप सफारी, नारायणी नदिमा डुगां सयर तथा थारु संस्कृती नजिकबाट अवलोकन गराउन सक्नु यसको पहिलो विशेषता हो भने स्थानीलाई रोजगार प्रदान गर्दै इको पर्यटन, निकुञ्जको संरक्षण तथा निकुञ्जलाई विश्वव्यापी रुपमा चिनाउन मद्धत गर्नु यसको अर्को विशेषता हो । स्थापनाकाल देखीनै यो रिर्सोटले स्तरीय पर्यटक तथा पर्यटनमा जोड दिदै आएको छ,सन् २००१मा बिट्रिस यअरवेजले यो रिर्सोटलाई “ टुरिजम फर टुमारो ”नामक अर्वाड पनि प्रदान गरिसकेको छ । यति मात्रै होइन रिर्सोटले व्यवसायीकता संगै सामाजीक उत्तरदायीत्व पनि निर्वाह गर्दै आएको छ । स्थानीय विद्यालयलाई बार्षिक रुपमा प्रदान गरिने सहयोग, धेरैभन्दा धेरै स्थानीयलाई रोजगार प्रदान गर्नु र स्थानीय स्रोत र साधनको भरपुर प्रयोग गर्दै स्थानीयबासीको आर्थिक जिवन सबल बनाउन पनि रिर्सोटको योगदान रहेको छ । यसका साथै रिर्सोटले आन्तरीक पर्यटकका लागि भनेर छुट्टै प्याकेजहरु पनि प्रदान गर्दै आएको छ ।
अन्त्यमा प्राकृतिक सम्पदाहरुको भरपुर प्रयोग गर्दै तिनीहरुको संरक्षण, संर्वद्धन र प्रमोसन गदै स्थानीय तथा राष्टिय अर्थतन्त्र मजबुत बनाउनु नै पर्यटन उद्योगको पहिलो उदेश्य रहने गर्छ । पर्यटन उद्योगको सर्वोपरि विकास र दिगो बनाउनका लागि टेम्पल टाइगर रिर्सोट जस्ता अनुभवी तथा व्यवसायीक मयार्दाका मानकहरुलाई सरकार तथा सरोकारवाला निकायले नजरअन्दाज गर्दा त्यसको परिणाम भविष्यमा पर्यटन उद्योगले भोग्ने नै छ । निश्चय नै बदलिदो विश्वपरिवेस संगै पर्यटन उद्योग पनि मौलाउँदौ छ । पर्यटन र यसका आयामहरुलाई अझ उचाइमा पु¥याउनका लागि सरकारले पर्यटन व्यवसायी तथा स्थानीयसंग हातेमालो गर्नै पर्ने हुन्छ ।।
बाघका लागि उपयुक्त वासस्थान बन्दै चितवन राष्ट्रिय निकुञ्ज
चितवन, १४ साउन । नेपालले अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाएअनुरुप चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भइरहेको छ । यहाँको उपयुक्त वासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै बाघको सङ्ख्यामा वृद्धि हुँदै गएको विज्ञहरुको भनाइ छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको सङ्ख्या दोब्बर बनाउने बाघ पाइने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरुप नेपालले पनि बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो ।
नेपालमा त्यतिबेलासम्मको तथ्याङ्कअनुसार १२५ को हाराहारीमा बाघ रहेको थियो । विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।
बाघको सङ्ख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा वन्यजन्तु आरक्षमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए । त्यसपछिको तीन वर्षमा निकुञ्जले गरेका अनुगमनका क्रममा बाघको सङ्ख्या बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्जलाई विशिष्ट वासस्थानका रुपमा लिइन्छ । कँडेलले भने – “सबैखालको वातावरण भएको भू–भाग निकुञ्जमा छ । बाघका आहारा मुख्य रुपमा ठूला जनावर चित्तल, जरायो, गौरीगाई, नीलगाईलगायत हुन् ।” कँडेलका अनुसार भोकाएको बाघले करिब २२ पटकसम्म सिकारको प्रयासपछि जनावरको सिकार गर्ने गर्दछ । जसका कारण सानो जनावरले बाघलाई आहार पुग्दैन ।
कँडेलले भने – “८८ किलोसम्म बाघले एकै पटक खान्छ र सातदेखि १० दिनसम्म आराम गर्दछ ।” जसका लागि निकुञ्जमा प्रशस्त ठूला जनावर रहेका छन् । ३० हजार हाराहारी चित्तल, १० हजार हाराहारी जरायो, ३६८ वटा गौरीगाई, एक सय हाराहारी नीलगाई रहेको बताउँदै कँडेलले बाघका लागि पर्याप्त आहार निकुञ्जमा रहेको बताए ।
निकुञ्जमा रहेका प्रशस्त पानीका स्रोत बाघ र उसको आहारका लागि उपयुक्त छ । निकुञ्ज हुँदै बग्ने नदी, खोला, तालतलैया, सिमसार क्षेत्रसँगै १० हजार हेक्टर घाँसे मैदान बाघ र बाघका आहाराका लागि उपयुक्त बन्दै गएको उनले बताए ।
नदीतटीय वन जहाँ बाघले गर्मीमा शीतलता पाउँछ भने जाडोमा न्यानोका लागि निकुञ्जका प्रशस्त झाडी बाघले उपयोग गर्छ । चुरे पहाडदेखि समथर तराई हुँदै नदीका तटीय क्षेत्र बाघका लागि उपयुक्त वासस्थान हुन् ।
चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त पानीसँगै पहारिलो घाम लाग्ने घाँसे मैदान छन् । एउटा भाले बाघका लागि १० देखि १२ वर्गकिलोमिटर क्षेत्रफल चाहिन्छ । एक क्षेत्रमा एउटा मात्रै भाले बाघ बस्ने गर्छ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेको छ भने आसपासका मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७५० वर्गकिलोमिटर रहेको छ । निकुञ्जमा मात्रै ७७ वटाभन्दा बढी भाले बाघ बस्न पुग्ने वासस्थान छ ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत शिवराज भट्ट चितवन राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान भएको बताउँछन् । निकुञ्जसँगै जोडिएका भारतको वाल्मीकि टाइगर रिजर्भ सेन्टर र पर्सा वन्यजन्तु आरक्ष पनि बाघका लागि निकै उर्वर भूम भएकाले यसको बीचमा रहेको चितवन राष्ट्रिय निकुञ्जले बाघको सङ्ख्या बढाउन र संरक्षणमा नयाँ रणनीतिका साथ जुट्नुपर्ने उनको सुझाव छ ।
चोरी सिकारी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै मानव र बाघबीचको द्वन्द्व घटाउन सके बाघको सङ्ख्या अरु बढेर जाने भट्टको भनाइ छ ।
बाघको वासस्थान सङ्कुचन, वनको खण्डीकरण, चोरी सिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमासम्बन्धी समस्या पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएका छन् ।
नेपालले सन् २०२२ सम्ममा २५० बाघ पुर्याउने प्रतिबद्धतासँगै लक्ष्य लिएको छ । जसका लागि चितवन राष्ट्रिय निकुञ्जमा १४० बाघ पुर्याउन सक्नुपर्ने र अन्य थोरै सङ्ख्या रहेका निकुञ्ज तथा आरक्षमा सङ्ख्या बढाउन सके लक्ष्यअनुरुप बाघको सङ्ख्या पु¥याउन कठिन नहुने विश्व वन्यजन्तु कोषमा कार्यरत पूर्वप्रमुख संरक्षण अधिकृत भट्टको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पछिल्लो समय गरिएको संरक्षणका कारण पनि बाघको सङ्ख्या वृद्धिमा सहयोग पुगेको विज्ञहरुको भनाइ छ । बाघका लागि देशकै नमुना निकुञ्जका रुपमा विकास हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जलाई मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग निरन्तर रहेमा बाघको सङ्ख्या बढाउन कुनै कठिनाइ नपर्ने देखिन्छ ।
यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका किरा फट्याङ्ग्राहरू रहेका छन् ।
विसं २०३० मा यो निकुञ्ज स्थापना हुँदा नेपालमा वन क्षेत्र घटेर ३० प्रतिशतमा झरेको थियो । त्यसपछि क्रमशः वन क्षेत्र विस्तार अभियान सुरु भएपछि पुनः क्रमशः वन क्षेत्र बढ्दै गएको छ । रासस
चितवन राष्ट्रिय निकुञ्ज दोपाया चराहरुको क्रीडास्थल
चितवन, १२ चैत २०७३ - चितवन राष्ट्रिय निकुञ्ज भन्दाबित्तिकै धेरैलाई लाग्छ, जंगल सफारी गर्दै हात्ती र गैंडा अवलोकन गर्ने ठाउँ हो यो । तर, तपाई भ्रममा हुनुहुन्छ । चितवन चौपाया जंगली जनावरको मात्रै होइन, दोपाया चराहरुको पनि क्रीडास्थल हो ।
चितवनमा कति छन् चरा ?
चितवनमा खर मयुर, मयुर, धनेष, चखेवा, काँडे भ्याकुर लगायतका चरा पाइन्छन् । यहाँ दुई किसिमका चराहरुको अभिलेख राख्ने गरिन्छ- एक जिल्लागत रुपमा र दोस्रो राष्ट्रिय निकुञ्जका रुपमा ।
चितवन निवासी चराविद टीका गिरीका अनुसार चितवन जिल्लाभर ६३५ प्रजातिका चरा गणना गरिएको छ । तर, चितवन राष्ट्रिय निकुञ्जभित्र करिब ६ सय प्रजातिका चरा पाइन्छन् ।
चरा हेर्न कहिले जाने ?
फेब्रअुरी, मार्च, अपि्रल चरा अवलोकनको सबैभन्दा उत्तम सिजन हो । दशैंताका पनि चरा अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । जंगली जनावरहरुका साथै चराहरुको तस्वीर खिच्न विभिन्न निकुञ्ज घुमिसकेका सागर गिरी भन्छन्, ‘तर, हामीले के कुरा ध्यानमा राख्नुपर्छ भने जाडो यामका चरा हेर्न जाडोमा र वर्षायामका चरा हेर्न वर्षायाममा जानुपर्छ । साथमा बाइनाकुलर लगेर जाँदा राम्रो हुन्छ ।’
सागर गिरीको सोख
सानैदेखि चरासँग नजिकिएर रमाउन चाहने सागर गिरी चराविद टीका गिरीका छोरा हुन् । उनी बर्ड एजुकेशन सोसाइटीका सदस्यसमेत छन् । आई क्लिक्स फर कन्जरभेसन नामक संस्थाका फाउन्डर, टाइगर कन्जरभेसन कमिटी र कम्युनिटी बेस एन्टी पोचिङ युनिटको सदस्य समेत रहेका सागर भन्छन्, ‘मेरो परिवार नै प्रकृतिसँग नजिक छ । त्यसैले आफ्नो देशको चरा जोगाउन र प्रमोट गर्न पनि म यता लागें ।’
छोरा सागरको कामप्रति टीका गिरीले पनि गौरव गरे । उनले भने, ‘यति ठूला एक्वीपमेन्ट लिएर ज्यान जोखिममा पारेर निकुञ्जहरुमा घुम्ने र तस्वीर खिच्नेहरु कमै छन् । मलाई मेरो छोरोप्रति गौरव छ । परिवारका सबै सदस्य खुसी छौं । मलाई लाग्छ, राष्ट्रलाई पनि खुसी लागेको छ ।’
चितवन राष्ट्रिय निकुञ्ज
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
| चितवन राष्ट्रिय निकुञ्ज Chitwan National Park | |
|---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
| |
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बीसहजारी ताल
| |
| चितवन राष्ट्रिय निकुञ्जको नक्सा | |
| रहेको स्थान | नेपाल |
| नजिकको सहर | भरतपुर |
| निर्देशांक | |
| क्षेत्रफल | ९३२ वर्ग किमी |
| स्थापना | सन् १९७३ |
| किसिम | प्राकृतिक |
| मापदण्ड | vii, ix, x |
| नामाङ्कित | १९८४ (८औ बैठक) |
| सन्दर्भ क्रम सङ्ख्या | २८४ |
| राज्य | |
| क्षेत्र | एसिया |
चितवन राष्ट्रिय निकुञ्ज (अङ्ग्रेजी: Chitwan National Park; पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो ।[१] यसको क्षेत्रफल ९३२ किमी2 (३६० वर्ग माइल) छ । यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ ।[२] चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ । सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाट नै हुने गर्दछन् ।
सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन् ।
इतिहास
१९औं शताब्दीसम्म जङ्गलको हृदयको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा जाडो याममा नेपालका शासक वर्गहरूको मनपर्ने सिकार स्थान रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौँको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरू यहाँ महिनौ शिविर लगाएर बाघ, भालु, गैँडा, चितवाहरूको सिकार गर्ने गर्दथे ।[३] सन् १९५० मा, चितवनको वन र घाँसे मैदान २,६०० किमी2 (१,००० वर्ग माइल)मा विस्तार भयो जसमा लगभग ८०० वटा गैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । जब मध्य-पहाडी क्षेत्र देखि गरिब किसान कृषि योग्य भूमिको खोजमा चितवन उपत्यका सरे त्यस बखत वनजङ्गल मासेर तिनीहरू यहाँ बस्ती बनाए र वन्यजन्तुको चोरी सिकारी व्यापक भयो । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्था कानुनले गैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएको थियो । सन् १९५९ मा, एडवर्ड प्रिचर्ड जीले एउटा सर्वेक्षण गरे जसमा उनले यस क्षेत्रमा रहेको उत्तर राप्ती नदी र दक्षिणमा वन्यजीव बचाउन दश वर्षको लागि परीक्षण अवधिको लागि सिफारिस गरे ।[४] चितवनको पछि सर्वेक्षण पछि सन् १९६३ मा उनले जीवजन्तुहरूको संरक्षण समाज र प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय सङ्घ दुवै लाई दक्षिण क्षेत्रलाई विस्तार गर्न सिफारिस गरे ।[५]
सन् १९६० को अन्तसम्ममा, ७०% जङ्गलहरूलाई डिडिटिको प्रयोगले खाली बनाएर हजारौँ हजार मानिसहरू बसोबास गर्न सुरु गरे जसले गर्दा त्यहाँ भित्र गैँडाको सङ्ख्या ९५ पुग्यो । गैँडाको सङ्ख्यामा आएको नाटकीय ह्रास र बढ्दो चोरी सिकारीले सरकारले एक गैँडा गस्ती टोलीको स्थापना गर्यो जसमा १३० सशस्त्र जवानहरू र सुरक्षा केन्द्र सञ्जाल रहेको थियो जसलाई चितवनको सबै ठाउँमा गस्ती गर्न लगाइएको थियो । गैँडाको सिकार रोकथाम गर्नका निमित्त सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जलाई अनंकित गरियो र सन् १९७३ मा यसमा सुरूवाती रूपमा ५४४ किमी2 (२१० वर्ग माइल)को क्षेत्र सामेल गरियो ।[६]
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र ९३२ किमी2 (३६० वर्ग माइल)मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा ७६६.१ किमी2 (२९५.८ वर्ग माइल)को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।[२]
जलवायु
चितवनमा वर्षभरि नै उष्ण प्रदेशीय मनसुन जलवायुसँगै उच्च वर्षा हुने ठाउँ हो ।[३] यो क्षेत्र केन्द्रीय हिमाली जलवायुमा अवस्थित रहेको हुनाले यस क्षेत्रमा मनसुन मध्य जुन देखि सुरु हुन्छ र ढिलो सेप्टेम्बरमा वर्षामा कमी आउँछ । यस १४-१५ हप्ताको अवधिमा यहाँ वार्षिक २५०० मिमी भन्दा बढी वर्षा हुने गरेको छ ।
पशुपंक्षी तथा जनावरहरु
यो निकुञ्ज विशेष गरेर एक सिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा मृग, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन्।
साहित्य
- पंक्षी संरक्षण नेपाल (२००६) चितवनका पंक्षीहरू ५४३ प्रजाति उल्लिखित । राष्ट्रिय निकुञ्ज विभाग तथा वन्यजन्तु संरक्षण तथा सहभागिता संरक्षण कार्यक्रम II, काठमाडौँमा प्रकाशित
मिडिया
यस निकुञ्जको एक सिंगे गैँडालाई द जेफ कोर्विन एक्सपेरिएन्सको दोस्रो संस्करणको ११औं भागमा प्रसारित गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज विश्वकै उत्कृष्ट बन्न सफल
काठमाडौ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज बाघ पाइने विश्वका १३ मुलुकका संरक्षित क्षेत्रमध्ये सम्मान प्राप्त गर्ने पहिलो र उत्कृष्ट बन्न सफल भएको छ ।
जैविक विविधतासम्बन्धी पक्ष मुलुकहरूको १२ औं सम्मेलनका अवसरमा दक्षिण कोरियामा ‘डब्लूडब्लूएफ टाइगर एलाइभ इनिसियटिभ’ ले चितवन निकुञ्जलाई बाघ पाइने १३ देशमध्ये उत्कृष्ट संरक्षित क्षेत्रका रूपमा सम्मान गरेको हो ।
बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रसिया, थाइल्यान्ड, भियतनामका संरक्षित क्षेत्रलाई यसले उछिनेको हो । वन मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार चितवनलाई ‘कन्जरभेसन एसियोर्ड टाइगर स्टान्डर्डस्’ को प्रोटोकल कार्यान्वयन गर्ने निकुञ्जका रूपमा सूचीकृत गरिएको छ ।
पछिल्लो गणनाअनुसार चितवन निकुञ्जमा १ सय २० बयस्क बाघ छन् । चितवनसहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गरी कुल १ सय ९८ बयस्क बाघ छन् ।
सन् २०१० मा रसियामा भएको बाघ पाइने देशका प्रमुखहरूको सम्मेलनले २०२२ सम्म प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउने महत्त्वाकांक्षी घोषणा गरेका थिए । त्यसलगत्तैदेखि सरकारले बाघको बासस्थान विस्तार गर्ने, चोरी सिकार नियन्त्रण गर्ने, बाघका आहार प्रजाति बढाउने र मानव बाघबीचको द्वन्द्व न्यून गर्ने विविध कार्यक्रममा जोड दिएको छ ।
जैविक विविधतासम्बन्धी पक्ष मुलुकहरूको १२ औं सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलले गैंडा र बाघको शून्य चोरी सिकार वर्ष र सहभागितामूलक संरक्षण्ा अभियानबाट प्राप्त उत्कृष्ट नतिजाबारे जानकारी गराएको थियो ।
६ देखि १७ अक्टोबरमा दक्षिण कोरियाको पोङचाङमा सम्पन्न सम्मेलनमा वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेलसहित मन्त्रालयको वातावरण महाशाखा प्रमुख तथा जैविक विविधता महासन्धिका फोकलपोइन्ट ब्रजकिशोर यादव, वैदेशिक समन्वय महाशाखा प्रमुख विश्वनाथ ओली, राष्ट्रिय निकुञ्जका इकोलोजिस्ट महेश्वर ढकाल, मन्त्रालयको योजना महाशाखाका इन्द्र सापकोटालगायत आदिवासी, स्थानीय समुदाय तथा गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी थिए ।
नेपालसहित १ सय ९४ मुलुक सहभागी सम्मेलनमा जैविक विविधतासँग सम्बन्धित विभिन्न ३३ वटा मुद्दामा छलफल भएको मन्त्रालयले जनाएको आजको कान्तिपुरमा खबर छ ।
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल थपियो
रत्ननगर (चितवन), २ असार । दुर्लभ वन्यजन्तुको वासस्थान रहेका चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
यसअघि चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेकोमा ३८ बर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको उहाँले बताउनुभयो । निकुञ्ज स्थापनापछि क्षेत्रफल बृद्धि भएको यो दोस्रो पटक हो ।
विसं २०७३ सालमा राजपत्रमा प्रकाशित सुचनानुसार नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सिमा हेरफेर गरिएको जनाईएको छ । २०६० सालतिर निकुञ्जको पुर्वी सेक्टरमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सिमा बढाईएको अर्यालले जानकारी दिनुभयो ।
निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिमी क्षेत्रफल रहेकोमा त्यसको पाँच बर्ष पछि अर्थात् २०३५ सालमा यसको क्षेत्रफल बढेर ९३२ वर्गकिलोमिटर र अहिले आएर निकुञ्जको क्षेत्रफल ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज विश्व संरक्षण सूचिमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुहरुको मुख्य बासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । यहाँको भौगोलिक बनावट पनि विश्वकै लागि फरकखालको रहेको उहाँले भन्नुभयो ।
क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउनुहुन्छ । चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने यो निकुञ्जमा पछिल्लो गणना अनुसार गैंडा ६०५, बाघ १२०, गौरीगाई ३६८ रहेका छन् । त्यस्तै विभिन्न प्रजातिका सयौ वन्यजन्तु र चरा यस निकुञ्जमा पाउने गर्छन् । यसको मध्यवर्ती क्षेत्रफल भने ७२९ वर्गकिलोमिटर छ ।
शुन्य चोरी शिकार – Zero Poaching Year
“गैंडा संरक्षणमा उल्लेख्य उपलव्धिः आर्थिक वर्ष ०७१।७२ शुन्य चोरी शिकार”
शुन्य चोरी शिकार वर्ष ९श्भचय एयबअजष्लन थ्भबच० को अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्ती
शुन्य चोरी शिकार वर्ष ९श्भचय एयबअजष्लन थ्भबच० को अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्ती
नेपालको वन जंगल र वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनको लागि वन तथा भू–संरक्षण मन्त्रालयको नेतृत्वमा केन्द्रियस्तरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा वन विभाग र जिल्लास्तरमा जिल्ला वन कार्यालय तथा राष्ट्रिय निकुञ्ज/वन्यजन्तु आरक्ष/संरक्षण क्षेत्र लगायतका निकायहरु क्रियाशिल रहेका छन् भने वन्यजन्तु संरक्षणमा नेपाली सेनाको गण/गुल्महरु विभिन्न निकुञ्ज/आरक्षमा तैनाथ रहेका छन् । त्यसै गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रका स्थानीय वासिन्दा, मध्यवर्ती क्षेत्रमा गठन भएका विभिन्न समूह/समितिहरु, सामुदायिक वन उपभोक्ता समूहहरु, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण समूहहरु, स्थानीय प्रशासन, जिल्ला सरकारी वकिल, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, इन्टरपोल, पर्यटन व्यवसायी, नेचर गाइड, नागरिक समाज, विभिन्न संचार माध्यम, राजनैतिक दल, राष्ट्रिय प्रकृति संरक्षण कोष र डव्लु डव्लु एफ नेपाल लगायतका राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका विभिन्न संघ संस्थाहरुले खेलेको भूमिका उल्लेखनिय छ ।
वन्यजन्तु संरक्षणमा जनस्तरमा अभिवृद्धि भएको चेतनाकोस्तर र वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा नेपाल सरकारबाट गठन गरेका/भएका निकायहरुबाट प्रभावकारी कार्य सम्पादन भएको निष्कर्ष निकालिएको छ भने भविष्यमा यसलाई अझ बढि शसक्त र प्रभावकारी बनाउनु पर्ने आजको आवश्यकता रहेको छ । सम्पूर्ण सरोकारवालाहरुको आपसी समन्वय र सहकार्यको परिणाम स्वरुप २०७१ श्रावण १ गते देखि २०७२ असार मसान्त सम्म आर्थिक वर्ष २०७१।७२ को एक वर्षकोे अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जिल्ला वन कार्यालयको क्षेत्र तथा समुदायद्धारा व्यवस्थापन गरिएका सामुदायिक वनहरुमा गैंडाको चोरी शिकार नहुनु र गैंडा लगायतका वन्यजन्तुहरु तथा वन पैदावार सम्बन्धि चोरी शिकार/निकासी तथा अवैध व्यापारमा संलग्न ७३९ जना भन्दा बढि अभियुक्तहरु पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कानुनी दायरामा आउनुलाई सकारात्मक पक्ष रहेको मूल्यांकन गरिएको छ भने यस्ता अपराधमा संलग्न १०० जना भन्दा बढि फरारको सूचीमा देखिनु उत्तिकै चुनौतिपूर्ण छ । त्यसैगरी यस अवधिमा २ थान भरुवा वन्दुक, ःज्ञटब्ज्ञस्वचालित वन्दुक १ थान र यसको गोली ४३ थान, थ्रिनट थ्रिको गोली ४ थान वरामद भएको छ । पक्राउ परेका व्यक्तिहरु हाल विभिन्न कारागारमा कैद सजांय र पूर्पक्षको लागि थुनामा छन् भने केही अनुसन्धानको क्रममा हिरासतमा रहेका छन् । यसभन्दा अगाडीका वर्षहरु सन् २०११ मा ४५० दिनसम्म र वि.स. २०७० सालमा फेब्रुअरी १४, २०१३ देखि ४४० दिनसम्म र हाल आएर २०७१ बैशाख २० गते देखि २०७२ असार मसान्त सम्म ४३५ दिनसम्म शुन्य चोरी शिकार मनाउन सफल भएको र आर्थिक वर्षको हिसावले आ.व.२०७१।७२ मा शुन्य चोरी शिकार आ.व.भएको व्यहोरा स्मरण गराउन चाहन्छु । शुन्य गैंडा चोरी शिकार – जेलमा गैंडाको शुन्य चोरी शिकारी बनाउने हाम्रो अभियान रहको छ ।
वन्यजन्तुको अपराधसंग सम्बन्धित सूचना र तथ्यांकहरुको विश्लेषण गर्दा नेपालको काठमाण्डौं उपत्यका प्रमुख व्यापारिक केन्द्र ९तचबलकष्त उयष्लत० को रुपमा विकसित हुंदै गएको पाइन्छ । वन्यजन्तुको अपराध संगठित अपराधको रुपमा देखिएकोले यसको नियन्त्रण प्रयासमा पनि सामुहिक प्रयासको खांचो रहेको छ । पछिल्लो समयमा भएका प्रगतिहरुको विश्लेषण गर्दा वन्यजन्तु अपराधमा संलग्न सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरुको सकृयता र समन्वयमा लामो समय देखि सर्वाधिक खोजीको सूचीमा९mयकत धबलतभम०रहेका रेड कर्नर नोटिस जारी भएका राज कुमार प्रजा मलेसियाबाट पक्राउ पर्नुलाई वन्यजन्तु चोरी शिकार तथा अवैध व्यापारमा सकारात्मक उपलव्धिको रुपमा लिइएको छ ।
हाल विश्वमा करिव ३००० को संख्यामा रहेको एकसिंगे गैंडा नेपाल र भारतको सिमित निकुञ्ज/आरक्ष र वरिपरीको क्षेत्रमा मात्र पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान हो । १९५० को दशकमा ८०० को संख्यामा रहेको अनुमान गरिएको गैंडा वि.सं.२०२४/२५ तिर ८१ देखि १०० मा झरेको अनुमान गरिएको थियो । वि.सं.२०२६/२७ मा नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जलाई नेपालको पहिलो राष्ट्रिय निकुञ्ज बनाउन स्वीकृति भएपछि वि.सं.२०२७/२८ मा निकुञ्जको प्रारम्भिक काम शुरु भयो र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था भए बमोजिम वि.सं.२०३० असोज ४ (सन् १९७३) मा गैंडा संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको हो ।

नेपालमा वन्यजन्तु संरक्षणको कार्य चितवनको जंगलमा पाइने गैंडाको संरक्षणबाट शुरु हुंदा शुरुका दिनहरुमा गैंडा गस्तिको नामबाट केही शसस्त्र कर्मचारी सहित शुरु भएको अभियानमा क्रमशः परिमार्जन हुंदै आएको छ र जैविक विविधता संरक्षणमा नेपाली सेनाको भूमिकालाई वि.सं.२०३२ सालबाट समावेश गरिएको थियो । गैंडा, बाघ, हात्ती, गौरीगाई, घडियाल गोही लगायतका दुर्लभ र महत्वपूर्ण वन्यजन्तुको संरक्षण गरी नेपालको विभिन्न पारस्थितिकीय प्रणालीको प्रतिनिधित्व र पर्यावरणीय सन्तुलन कायम राख्ने कार्यमा चितवन राष्ट्रिय निकुञ्जको भूमिका महत्वपूर्ण रहेको छ । यसबाट प्रष्ट हुन्छ की संरक्षणको कार्य अत्यन्तै जटिल र दुरगामी प्रभाव पार्ने खालको विषयवस्तु भएको हुंदा यसमा सामुहिक प्रयासको खांचोलाई महसुश गरी स्थानीय जनताको सहभागीतालाई सुनिश्चित गर्ने अवधारणा अनुरुप २०५३ सालमा मध्यवर्ती क्षेत्र स्थापना भएको छ । त्यसै गरी नेपाल पर्यापर्यटनको एक गन्तव्यस्थलको रुपमा अन्तरराष्ट्रिय समुदायमा परिचित हुंदै गएको परिप्रेक्ष र नेपालले पनि पर्यटन उद्योगलाई वैदेशिक मुद्रा आर्जन गरी स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्ने र महत्वपूर्ण प्राकृतिक क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै लैजाने लक्ष्य र उद्देश्य अनुरुप नेपाल भ्रमणमा आउने करिव ४० प्रतिशत पर्यटकहरुले यस निकुञ्जको भ्रमण गर्ने गरेको तथ्यांकबाट देखिन्छ ।
गैंडाको संरक्षण र व्यवस्थापनको लागि समय समयमा गैंडा गणना गरी संख्या यकिन गर्ने कार्य नियमित हुंदै आएको छ र सन् २०१५ को गणनाबाट यस निकुञ्जमा गैंडाको संख्या ६०५ रहेको छ । देशको विषम परिस्थितीको समयमा एकै वर्षमा ३७ वटा सम्म गैंडा चोरी शिकारीबाट मारिंदा समग्र नेपाली समाजलाई ठूलो क्षति पुगेको महशुस भएको अवस्थाबाट गुज्रेको वन्यजन्तु संरक्षणको कार्य निरन्तर सामुहिक प्रयासको फलस्वरुप १ वर्ष भन्दा बढि दिनको अवधिमा एउटा पनि गैंडा चोरी शिकारीबाट मारिन नदिनुमा नेपालको वन्यजन्तु संरक्षणमा चासो राखी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान पु–याउने राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ठूलो उपलव्धिको रुपमा लिन सकिन्छ ।
चोरी शिकार नियन्त्रणको लागि निकुञ्जकार्यालयमा चोरी शिकार प्रतिरोध इकाई स्थापना गरी सुराकी परिचालन, सुराक संकलन, चोरी शिकारमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानून कार्यान्वयन गर्ने निकायहरुको समन्वय र सहयोगमा पक्राउ गरेर कानुनी दायरामा ल्याई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम दण्ड सजायं गरिएको छ । प्रकृति र वन्यजन्तु संरक्षणको लागि यस निकुञ्जमा अहोरात्र खटिएको नेपाली सेनाको श्रीजंग गण, नयां भैरवीदल गुल्म र मिति २०७१ मंसिर १ गते देखि २०७२ वैशाख १५ सम्म अपरेशन महाहन्टमा खटिएको नेपाली सेनाको विभिन्न गण तथा गुल्महरु (महावीर रेञ्जर गण, रिपुमर्दन गण, सिंहनाथ गण, रणशेर गण, युद्ध भैरव गण, दि फेमस महिन्द्रदल गण रअजयदल गुल्म)ले खेलेको भूमिका अतुलनिय र प्रशंसनिय रहेको छ । निकुञ्जको वरिपरी बसोवास गर्ने समुदाय, युवाहरु, मध्यवर्ती क्षेत्रका स्थानीय वासिन्दा तथा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण लगायतका संघ संस्थाहरु, सामुदायिक वनले खेलेको भूमिका उदाहरिणय रहेको छ । नेपाली सेना, मध्य पृतना, वाहिनी र जङ्गी अड्डा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको निर्देशन हाम्रा लागि मार्गदर्शक रहेको व्यहोरा ब्यक्त गर्दछु । त्यसैगरी नेपाल प्रहरी, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो ९ऋक्ष्द्य०, इन्टरपोल, डव्लु डव्लु एफ नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका संरक्षणका सहयोगी र सहकर्मी संघ संस्थाहरु, संचार माध्यमहरु, पर्यटन व्यवसायी, राजनैतिक दलहरुआदिको भूमिका उल्लेखनिय रहेको छ ।
यो सफलता हासिल गर्न यस निकुञ्जमा ५३ वटा स्थायी पोष्ट संयुक्त रुपमा तैनाथ हुंदै आएकोमा हालका दिनहरुमा १०२ वटा पोष्टमा सुरक्षा तैनाथ रहेको छ । सुरक्षा व्यवस्था मजवुद बनाउन हात्ती, साइकल, गाडी, डुंगा, नयां निर्माण भएका गोरेटो बाटो, हवाई गस्ती र स्मार्ट गस्तीबाट सुरक्षा संयन्त्रलाई मजबुत गरिएको छ । पछिल्लो समयमा प्राप्त भएको सफलतालाई अझ सशक्त गराउन चभब ितष्mभ ष्लायचmबतष्यल गस्ती, तालिम प्राप्त कुकुर ९क्लषाभच म्यन० परिचालन गरिएको छ । मध्यवर्ती क्षेत्रमा १७७९ समूह, २२ वटा उपभोक्ता समिति, २२ वटा युवा जागरण समूह, २२ वटा र्यापिड रेस्पोन्स टिम, ७० वटा सामुदायिक वनहरु र वन हेरालुहरु, जिल्ला वन कार्यालय, शसस्त्र वन रक्षक तालीम केन्द्र, चितवन, जिल्ला वन कार्यालय अन्तर्गतका सामुदायिक वन र वन हेरालुहरु क्रियाशिल छन् ।
संगठित रुपमा हुने गरेका चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणको लागि राष्ट्रिय, क्षेत्रीय र अन्र्तराष्ट्रियस्तरमा कानून कार्यान्वयन गर्ने निकायहरु, स्थानीय प्रशासन, जिल्ला सरकारी वकिल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, इन्टरपोल, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, राजनैतिक दल तथा जैविक विविधता संरक्षणमा कार्यरत राष्ट्रिय प्रकृति संरक्षण कोष, डव्लु डव्लु एफ नेपाल, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका संघ संस्थाहरु सवैको संयुक्त प्रयासको अत्यन्त महत्वपूर्ण भूमिका रहने र सामुहिक प्रयासले मात्र सफलता प्राप्त हुने कुरामा दुई मत नरहेको सन्र्दभलाई उच्च मूल्यांकन गर्दै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सवैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । अन्तमा नेपालको जैविक विविधता संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भई योगदान पु–याउन आम समुदायलाई हार्दिक अपिल गरिन्छ ।
पर्यटकीय गन्तव्य जटायु रेस्टुरेन्ट
कृष्णप्रसाद भुसाल
जटायु रेस्टुरेन्ट, झट्ट सुन्दा अनौठो र फरक नाम लाग्न सक्छ कतै यो खानाका विविध परिकारहरू पाइने र साथीभाइहरू जमघट हुने विशेष प्रकारको रेस्टुरेन्ट पो हो कि । तर जटायु रेस्टुरेन्ट त मानिसका लागि खाना खान भनेर बनाइएको होइन । यी त्यस्तो प्रकारका रेस्टुरेन्ट हुन् जहाँ विश्वमै दुर्लभ पक्षी गिद्धहरू सिनो खान आउँछन् । त्यसैले त यिनको नाम जटायु (गिद्ध) रेस्टुरेन्ट दिइएको छ । स्थानीय जनसमुदायद्वारा सञ्चालित र व्यवस्थित गरिएका यी रेस्टुरेन्टको प्रमुख उद्देश्य लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई शुद्ध, विषादीरहित आहार उपलब्ध गराई संरक्षण गर्नु हो ।
नेपालमा सर्वप्रथम सन् २००६ मा सामुदायिक वन उपभोक्ताहरूको सक्रियतामा नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको विश्वकै पहिलो जटायु रेस्टुरेन्टको स्थापना गरियो । नवीनतम अवधारणामा स्थापित यस रेस्टुरेन्टको सफलतापछि यस प्रकारका जटायु रेस्टुरेन्टहरू रूपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजोरी, कैलालीको खुटिया, कास्कीको घाचोक र सुनसरीको रामधुनीमा पनि विस्तार गरियो । गिद्ध संरक्षणमा कोसेढुङ्गा मानिएका यी रेस्टुरेन्टहरू हाल नेपालका सात स्थानमा सञ्चालित छन् । यसरी खोलिएका जटायु रेस्टुरेन्टमा गौरक्षा केन्द्र हुन्छन् जहाँ किसानहरूबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू सङ्कलन गरी पालनपोषण गरिन्छ । खासमा गौरक्षा केन्द्र पशुको वृद्धाश्रम हो । वृद्धाश्रममा गाई गोरु ल्याउनेलाई रेस्टुरेन्टले प्रोत्साहन स्वरूप नगद पुरस्कार पनि दिन्छ । ती गाई गोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिन्छ र गिद्धहरू आई खान्छन् । त्यहाँ गिद्धको आनीबानी नजिकैबाट लुकेर हेर्ने पर्यटक अवलोकन घर पनि हुन्छ जहाँबाट आगन्तुकहरूले सिनोमा लुछाचुँडी गरिरहेका अतिसङ्कटापन्न गिद्धहरूको विभिन्न अवस्था र क्रियाकलापको अध्ययन, अनुसन्धान गर्नुका साथै मनोरञ्जन पनि लिन सक्दछन् । सूचना केन्द्रमा रहेका श्रव्य, दृश्य सामग्री र संग्रहबाट थप सूचना प्राप्त गर्नुका साथै स्थानीयसँग छलफल पनि गर्न सकिन्छ । हाल आएर यी रेस्टुरेन्टहरू पर्यापर्यटन प्रवद्र्धनमा आकर्षक गन्तव्यको रूपमा विकसित हँुदैछन् । साथै, स्थानीय समुदायको जीविकोपार्जन, सामुदायिक विकास, स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै गिद्ध र अन्य जैविकविविधता संरक्षण सचेतना अभिवृद्धिमा टेवा पु¥याइरहेका छन् ।
‘प्रकृतिको कुचिकार’ भनिने गिद्धहरू पर्यावरणीय चक्र र खाद्यशृङ्खला सन्तुलन र गतिशीलताका महìवपूर्ण संवाहक हुन् । आफैं शिकार नगरी मरेका जनावरको सिनो मात्र खाने गिद्धहरू प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राखी विभिन्न महामारी सरुवा रोगहरू हैजा, रेबिज, प्लेग, एन्थ्राक्सको महामारी पैmलावट हुनबाट रोक्छन् । यसर्थ गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो ।
दक्षिण एसियामा पाइने नौमध्ये नौ प्रजातिकै गिद्धहरू नेपालमा पाइन्छन् । करिब दुई दशक अघिसम्म हाम्रो देशको हिमालदेखि तराईसम्मका विभिन्न स्थानमा सयौं गिद्धका समूह सहजै देख्न सकिन्थ्यो तर पछिल्लो दशकसम्म आउँदा ती दृश्यहरू अति विरल तथा दुर्लभ बन्दै गए । करिब ९० प्रतिशतभन्दा बढीले घटी गिद्धहरू यस धर्तीबाट सदाका लागि लोप हुने अवस्थामा आइपुगे । गिद्धको सङ्ख्या यसरी अप्राकृतिक र नाटकीय रूपमा घट्नुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि ‘डाइक्लोफेनेक’ भएको पत्ता लाग्यो । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका जनावर मरेपछि तिनको सिनोखाने गिद्धको मिर्गौलामा ‘युरिक एसीड’ जमी काम गर्न छाड्छ फलस्वरूप गिद्ध केही दिनमै मर्छन् । गिद्धले समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठूलो सङ्ख्यामा गिद्ध मर्छन् । यसरी लोपोन्मुख बनेका पक्षीको जीवन संरक्षणका लागि नै जटायु रेस्टुरेन्टको अवधारणा ल्याइएको हो । अतः यी जटायु रेस्टुरेन्ट वा गिद्ध सुरक्षित आहार केन्द्र डाईक्लोफेनेक र अन्य विषादिमुक्त उचित आहाराको व्यवस्था गरिएका स्थानहरू हुन् ।
नेपाल विश्वको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गर्दा यी गिद्ध सुरक्षित आहार केन्द्र (रेस्टुरेन्ट) हरू नेपालका आकर्षक पर्यटकीय क्षेत्र बन्न सक्दछन् । संसारकै नमुना नवलपरासीको जटायु रेस्टुरेन्ट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ जहाँ चितवन घुम्ने पर्यटकको एकदिने बसाइ थप लम्ब्याउन सकिन्छ । विश्वमै दुर्लभ पाँच प्रजातिका गिद्धसँगै स्थानीय सङ्ग्रहालय, थारु संस्कृति अवलोकन, घर बास (होम स्टे), नमुना घाँसेमैदान व्यवस्थापन, दुर्लभ एक सिङ्गे गैंडा, पाटेबाघ, खरमजुरको अवलोकन यहाँका आकर्षण हुन् । रूपन्देहीको गैडहवा तालमा अवस्थित जटायु रेस्टुरेन्ट गौतम बुद्धको जन्म स्थान लुम्बिनीबाट मात्र १५ कीमीको दूरीमा हुनुका साथै चरा र अन्य जैविक विविधताका लागि महìवपूर्ण क्षेत्रमा पर्दछ । गैडहवा ताल हिउँद याममा साइबेरिया क्षेत्रबाट बसाइसराई गरी आउने आगन्तुक चराहरूको आश्रयस्थलका साथै सारस, भुँडीफोर गरुड जस्ता विश्वमै दुर्लभ चराहरूको बासस्थान हो । बनभोज, बर्ड वाचिङ्ग, जङ्गल सफारी र नीलगाई अवलोकनका लागि यो क्षेत्र उपयुक्त छ । पूर्व–पश्चिम राजमार्ग छेउमै रहेको दाङको लालमटियास्थित जटायु रेस्टुरेन्ट पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्न सकिने थुप्रै सम्भाव्यताहरू छन् । पशु वृद्धाआश्रम सञ्चालन र नियमित पशु स्वास्थ्य जाँच शिविर सञ्चालन, सालको नमुना वन व्यवस्थापन, गिद्ध संरक्षणका लागि अक्षकोष स्थापना, दुर्लभ हँुडार र चराहरूको अवलोकन जस्ता समुदायका अनुकरणीय कार्य र प्राकृतिक छटाहरू निश्चय नै आकर्षक छन् । दाङको तुल्सीपुर नजिकै बिजौरीमा रहेको जटायु रेस्टुरेन्टले नेपालकै पहिलो गिद्ध सुरक्षित वन घोषण गरी गिद्ध र अन्य वन्यजन्तुहरूको संरक्षण गरिरहेको छ । खुटिया नदी तटमा अवस्थित कैलालीको जटायु रेस्टुरेन्टमा सिनोमा झुमिरहेका गिद्धहरूको चर्तिकला देख्दा संसारकै उत्कृष्ट प्राकृतिक चिडियाखानामा बसेजस्तो लाग्छ जसलाई टीकापुर, घोडाघोडी ताल र शुक्लाफाँटा वन्यजन्तु आरक्षको नेटवर्कभित्र समेटी सुदूरपश्चिमको पर्यटनमा नयाँ आयामको रूपमा विकसित गर्न सकिन्छ । कास्कीको घाचोकमा रहेको जटायु रेस्टुरेन्ट पर्यटकीय नगरी पोखरा र माछापुच्छे«को आगँनमै अवस्थित छ जहाँबाट माछापुच्छे« हिमशृङ्खला र सेती नदीको सुन्दर प्राकृतिक खोचको नजिकैबाट स्पर्श गर्न सकिन्छ । जैविक र सांस्कृतिक विविधताको खानी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो रेस्टुरेन्टमा हिमालदेखि तराईसम्मका गिद्धहरूको जमघट देख्न पाइन्छ ।
नेपाल पक्षी संरक्षण सङ्घले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्य साझेदार संस्थाहरूसँग हातेमालो गर्दै जटायु रेस्टुरेन्टलाई दिगो व्यवस्थापन गरी गिद्ध लगायत अरू जैविक विविधताको संरक्षण गर्न र पर्यटन विकासका लागि स्थानीय समुदायमा विभिन्न सीप विकासका तालिमहरू, होम स्टे व्यवस्थापन र नेचर गाइड तालिम पनि सञ्चालनमा टेवा पु¥याइरहेको छ । समग्रमा यी जटायु रेस्टुरेन्टहरू स्थानीय समुदायसँगको सहकार्यमा जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, वातावरणीय सचेतना वृद्धि, गिद्धको दिगो संरक्षण, पर्यावरण अनुसन्धान र पर्यावरणीय पर्यटन विकासमा उदारणीय, सराहनीय र कोसेढुङ्गा बन्दै छन् । पर्यापर्यटन विश्वको सबैभन्दा फस्टाउँदो पर्यटन उद्योग बन्दै गइरहेको अवस्थामा हाम्रा पर्यापर्यटनका क्षेत्रको पहिचान, विस्तार तथा पूर्वाधार निर्माण र प्रचार प्रसारका साथै त्यस क्षेत्रका अन्य सामाजिक र सांस्कृतिक विविधता र मौलिकताको समायोजनमा जोड दिनु जरुरी छ । नेपालको पर्यटन अब हिमाल अवलोकन, सांस्कृतिक सम्पदा, जङ्गल सफारी, ट्रेकिङमा मात्र सीमित छैन । गिद्ध जस्ता दुर्लभ अतिसङ्कटापन्न प्रजातिको अवलोकन, अध्ययन, संरक्षणमा समुदाय स्तरका नवीनतम प्रयास र प्रभावले पनि कयौं बाह्य तथा आन्तरिक प्रकृतिप्रेमी तथा अनुसन्धानकर्ताहरूलाई आकर्षण गरिरहेको हुन्छ । यसर्थ जटायु रेस्टुरेन्ट र यसका बहुआयामिक पक्षलाई पर्यापर्यटन प्रवद्र्धनसँग जोडियो भने नेपाल सरकारको सन् २०२० सम्म वर्षेनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य र पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधार स्तम्भको रूपमा विकसित गर्ने पर्यटन नीतिलाई सहयोग पु¥याउन सक्छ ।
आजीवन जंगलमा
एसिया महाद्वीपकै उत्कृष्ट १० स्थानमा आउँछ, चितवन राष्ट्रिय निकुञ्ज । नेपालको यो पहिलो निकुञ्जको जन्मकुण्डली दिने एक्लो व्यक्ति हुन्, रामप्रीत यादव, ७२, । निकुञ्जसँग सालनाल जोडिएका रामप्रीतले यसकै सेरोफेरोमा ४७ वर्ष बिताइसकेका छन् । सहरबजारमा रमाउनै नसक्ने उनलाई जंगल घरजस्तो लाग्छ, गैँडा–बाघ–गोही पारिवारिक सदस्य ।
जन्मथलो सिरहा, तेनुवापट्टीभन्दा कर्मथलो चितवन निकुञ्ज नै प्रीतम लाग्छ उनलाई । ‘रोयल चितवन नेसनल पार्क’ उनको जिन्दगीकै गजुर हो । निकुञ्जमा ‘रोयल’ शब्द छुटेकामा कताकता खिन्नता हुन्छ उनलाई । “रोयल राजा–महाराजाभन्दा पनि विशेष भन्ने अर्थमा हो,” उनलाई खेद छ, “बदलिँदो परिस्थितिमा त्यसको महत्त्व नकारिएको छ । तर, रोयलको गरिमा बेग्लै छ ।”
प्रसंग ०२७ को हो । भीमफेदी (मकवानपुर)मा वन विभागको डिमार्केसन–कोर्स गरिरहेका थिए, रामप्रीत । राष्ट्रिय निकुञ्ज स्थापनाका लागि सरकारले विश्वनाथ (बीएन) उप्रेतीको अध्यक्षतामा कर्ण शाक्यलगायतको सर्वे समिति बनायो । पार्क कन्सल्ट्यान्ट थिए, जोन ब्लोर । त्यसमा कर्णले फिल्ड सहयोगीका रूपमा थपे रामप्रीतलाई ।
कर्णसित रामप्रीतको साइनो थियो, गुरु–चेला । वनविज्ञान क्याम्पस हेटौँडामा पढाएका कर्णले नै उनलाई राष्ट्रिय निकुञ्जतिर नसनाता जोडिदिए । त्यतिबेला सौराहा, गैँडाचोकनेर जम्मा एउटा चियापसल थियो रामकाजी श्रेष्ठको । थारु जमिन्दार मल्लु महतोको इँटाको घरबाहेक अरू घाँँसपातले छाएका देखिन्थे । त्यहीँको चौतारामा बीएन, कर्ण शाक्यलगायतको टिम पाल गाडेर बस्यो । “टेन्ट कति ठूलो भने बोक्नै तीन–चार जना चाहिन्थ्यो,” उनी भन्छन्, “नेपाली घुर्छन् कि भनेर जोन ब्लोर एक्लै सुते । म जनावरले मार्छ भन्ने डरले रातभरि सुत्नै सकिनँ ।”
खासमा नुन लिन ठोरी जाने बाटो थियो, सौराहा । चुरेको डाँडानेर सिस्ने ठाँटीमा बास बसेको पनि उनलाई छर्लंग सम्झना छ । नवलपरासी, मुहानखोलापारिको मैदानी भूभागमा हजारौँ बस्तुभाउ, गाग्राका गाग्रा दूध, दही र घिउको छेलोखेलो, चार–पाँच सय गाउँले उल्टिएर माछा मार्न आएको अनि हाँगाबिँगाले खोला नै फर्काइदिएको अपूर्व दृश्य ।
काठमाडौँको टिम केही दिन बसेर फर्किहाल्थ्यो । रामप्रीतचाहिँ सुक्खा सिजनमा कम्पास चेनबाट बगरैबगर फित्ता लतारेर सिमाना लगाउँथे अनि बर्खामा खोलानाला बढ्दा गैँडा गस्तीतिर लाग्थे । गैँडा गस्ती राणाकालीन नाम हो । १९८४ मै टिकौलीमा पोस्ट खडा गरेर गैँडा गस्ती सुरु भएको रहेछ ।
३ सय ६० वर्गमाइल सिमाना लगाउन एक–डेढ वर्ष लाग्यो रामप्रीतलाई । उत्तरी सिमाना राप्ती, पश्चिमी नारायणी, पूर्व नेपाल–भारत सीमा ठोरी पैरेवास, दक्षिण माडीसम्म । पछि पूर्व–पश्चिम सिमाना बढाएर ९ सय ३२ वर्ग किलोमिटर बनाइएको छ । रामप्रीतले सिमाना मात्र लगाएनन्, बाटाघाटो बनाए र सुरक्षा पोस्ट पनि खडा गरे ।
सन् १९७३ अर्थात् ०२९ मा ‘पार्क हेडक्वाटर’ बन्यो कसरा दरबार । सन् १९३९ मै बनेको नेपालकै पहिलो कङ्क्रिट भवन कसरा दरबार खासमा बेलायती सम्राट जर्ज छैटौँका लागि बनेको ‘हन्टिङ प्यालेस’ हो । कति बलियो भवन भने गोरखा भूकम्प झेलेर पनि दुरुस्तै छ । ब्रिटिस डिजाइनरले बनाएको यो भवनमा जर्ज आएनन्, भाइसराय आए ।
पहिलो निकुञ्जको पहिलो वार्डेन (संरक्षण अधिकृत) भए तीर्थमान मास्के । सहायक वार्डेन उनै रामप्रीत । दुर्लभ वन्यजन्तु संरक्षणको अवधारणा कसको हो ? “निकुञ्जको रोलमोडल त अफ्रिकी वाइल्ड लाइफ पार्क नै हो,” उनी भन्छन्, “राजा महेन्द्रले अफ्रिकामा राष्ट्रिय निकुञ्ज बनाएका जोन ब्लोरलाई बोलाए ।”
कस्तो बेला निकुञ्ज बन्यो भने गैँडाको संख्या नौ सयबाट घटेर एक सय पनि थिएन । गैँडा गस्ती भन्नु मात्र । गस्तीवालासँग पड्किने बन्दुक थिएन । थोत्रो थ्रीनट्थ्रीको भर, न रासन न युनिफर्म । एन्टी पोचिङ गाडी दिए गजानन्द वैद्यले । गस्ती गर्दागर्दै १०–१५ वटा गैँडा मारिए ।
राजा वीरेन्द्रको चासोमा ०३२ सालमा सेना उतारिएपछि गैँडा र बाघको संख्या ह्वात्तै बढ्यो । यसरी सबैभन्दा पछि बनाएको निकुञ्जले एकदमै चाँडो प्रख्याति पायो । अहिले गैँडा ६ सय ४५ पुगेका छन् भने पाटेबाघ १ सय ९८ । त्यसैले विदेशी संरक्षणकर्मीले उनलाई पटक–पटक सोध्छन्, ‘यसको रहस्य के हो ?’
तीर्थमान मास्के पढ्नलाई देशबाहिर गएपछि कायममुकायम वार्डेन भए रामप्रीत । एकाध वर्षपछि उनी पनि पार्क म्यानेजमेन्टको थप डिग्रीका लागि न्युजिल्यान्ड गए । त्यसमा प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको सहयोग उनी बिर्संदैनन् । त्यतिबेला हिलारीले तीन शेर्पासहित उनलाई पढ्ने मेसो मिलाइदिएका थिए ।
खासमा रामप्रीतको सम्पूर्ण परिचय संरक्षण शिक्षामै छ । पहिले राष्ट्रिय निकुञ्ज आयो भनेर सराप्नेहरू अहिले राष्ट्रिय निकुञ्ज–जिन्दावाद भन्न हिचकिचाउँदैनन् । उनलाई सिकारीले त रुचाएनन् नै, समुदायले पनि उतिसारो रुचाएन । गैँडाका निम्ति गाउँलेको सुविधा हरेको बात झेले उनले ।
रामप्रीतले घाँस–दाउरा र चरिचरण रोकिदिए । अझ कान्जी हाउसमा बस्तुभाउ थुनेर पाँच रुपियाँ जरिवाना गरिदिए । हँसिया–बन्चरो खोस्नुको मूल्य कति चर्को पर्यो भने गैँडा मारिँदा मुचुल्का उठाउन र सर्जमिन गर्न पनि साथ नपाउने । एकपटक त उनलाई गाउँलेले घेराउ नै गरे । सिपाही कुटिए । गाउँलेले कब्जा गरेका हँसिया–बन्चरो फिर्ता दिने सर्तमा राती उनलाई छाडिदिए । “म दुई–तीन महिना त्यो बाटै हिँडिनँ,” उनी भन्छन्, “हँसिया–बन्चरा क–कसका हुन्, कसरी फिर्ता गर्ने ?”
एक जना नेता उनलाई किचकिच गरिरहन्थे, ‘गैँडा ठूलो कि मान्छे वार्डेन सा’प ?’ गलत सवाल कति दिन सहने ? उनले मुखभरिको जवाफ दिए, ‘गैँडा–बाघ हेर्न हजारौँ डलर तिरेर पर्यटक आउँछन्, तपाईंको अनुहारलाई त कसैले पाँच पैसा पनि तिर्दैन ।’ त्यसपछि ती नेताले अझै पानीखेदो गरे, ‘मान्छेलाई जनावरभन्दा पनि तल खसाल्यो वार्डेनले ।’
कानुनमा गैँडा मार्नेलाई पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना र पाँचदेखि १५ वर्ष जेल सजाय तोकिएको थियो । उनले जहिल्यै एक लाख जरिवाना र १५ वर्ष जेल तोके । “वन्यजन्तु प्रकृतिका उपहार हुन्,” उनी दाबी गर्छन्, “आफ्नै इष्टमित्र मार्नेलाई कसरी थोरैतिनो सजाय गर्ने ?”
गैँडाको चोरीसिकारी कसरी हुन्छ ? त्यो रहस्य पनि थाहा पाए उनले । काठमाडौँबाट आएका पाहुनालाई गैँडा देखाउनुपर्यो उनले । माउ गैँडा बच्चासहित तालमा बसेको रहेछ । उनी सुस्तरी नजिकै गए । उनले के थाहा पाए भने गैँडाको ‘आई–साइट’ कमजोर हुँदो रहेछ । बरू, ४० मिटरसम्म सुन्ने क्षमता हुँदो रहेछ ।
रामप्रीतले स्वाँस्वाँ गरेको गैँडाले थाहा पाइहाल्यो । उनी बेतोड भागे । “सिकारीहरूले नजिकै गएर पछाडिबाट राइफल हानेर खाग लैजाँदा रहेछन्,” उनी सुनाउँछन्, “गैँडा शाकाहारी हो । बच्चासँग भएका बेला या समागमका बेला मात्र उसले झम्टन्छ ।”
फोटो मात्र देखेकाले पनि बाघको बदनाम गरिरहेको देख्दा रामप्रीतलाई उदेक लाग्छ । “बाघ एकदमै शान्तिप्रिय, सुन्दर र बलिष्ठ अनि भद्र र लजालु जनावर हो, नरभक्षी हुँदै होइन । उसका आहारा त जरायो, लगुना, चित्तल हुन्,” उनी बाघमा महानता देख्छन्, “डिस्ट्रर्ब भयो या प्राइभेसीको ख्याल गरिएन भने बाघुझापु लगाइदिन्छ । मान्छेलाई मर्का परिहाल्छ ।”
उनको खुसीको दिन भनेकै पाटेबाघसँग जम्काभेट हो । ९० सीसीको हिरोहोन्डा मोटरबाइकमा एक्लै गुडिरहँदा उनले पहिलोचोटि बाघको दर्शन पाए । बाघ अगाडि–अगाडि, वार्डेन पछाडि–पछाडि । खुसीमा उनको ढुकढुकी कति बढेर गयो भने कतिलाई सुनाए, सुनाए । “विदेशी बाघ देखेर रमाउने, हामी बाघको नामै सुनेर ज्वरो निकाल्ने ?” उनी प्रतिप्रश्न गर्छन्, “विदेशी २० लाख रुपियाँ खर्चेर बाघको दर्शनका लागि आउने, हामीचाहिँ उल्टै बाघको बदनामी गर्दै हिँड्ने ?”
गैँडा र बाघ मात्र नभएर गोहीका पनि साथी हुन्, रामप्रीत । कसरामा घडियाल प्रोजेक्ट (विसं ०३४) ‘ए टू जेड’ उनकै सपना हो । चार वर्ष ‘फुलटाइम’ घडियाललाई नै दिए । नारायणीका घडियाल अहिले राप्तीमा समेत छन् । घडियाल माछा खाने र सफा बगुवा पानीमा बस्ने जलचर हो ।
रामप्रीतको जंगल–जिन्दगी रोमाञ्चक छ । राजा वीरेन्द्रले हुकुम प्रमांगीबाट चिफ वार्डेन बनाइदिएका दुई जनामध्ये एक हुन्, रामप्रीत । “म जहिल्यै जंगलमा कुदेको देखेर होला, मेरो तारिफ राजासम्म पुगेछ,” उनी भन्छन्, “०४२ मा हुकुम प्रमांगीबाट म चिफ वार्डेन भएँ ।”
चितवन बसुन्जेल रामप्रीत दसैँमा समेत घर गएनन् । गोहीको अन्डा जोगाउनु सजिलो थिएन । प्राय: टीकाको भोलिपल्ट राजा वीरेन्द्र टुप्लुक्क आइपुग्थे । हरेक सवारीमा उनलाई बोलावट हुन्थ्यो । “वीरेन्द्र शान्तिप्रिय, अल्प तर मिष्ठभाषी राजा थिए, म उनको खानपिन र जंगल सफारीमा साथै हुन्थेँ,” उनी अतीततिर फर्किन्छन् ।
सौराहा र उनको सम्बन्ध मीठो छ । दिनहुँजसो सौराहा नआई उनलाई चित्त बुझ्दैन । आजको व्यस्त पर्यटकीय थलो सौराहा गैँडा–बाघकै देनजस्तो लाग्छ उनलाई । सौराहा यति भव्य होला भनेर उनले कल्पेका पनि थिएनन् । उनले पुरानो सौराहामा जमिन्दार मल्लु महतोलाई सम्झाएका थिए, ‘पर्यटकलाई कमसेकम कोक–फ्यान्टा खुवाउने व्यवस्था गर ।’ रैथाने युवकहरूलाई उनले नेचर गाइड तालिम लिन हौसाएका थिए ।
उनले हेर्दाहेर्दै सौराहाको विस्तार हुँदै गयो । हात्ती क्याम्प, गैँडा वाइल्डलाइफ क्याम्प खुले । पहिलो वर्ष ०२९ मा २६ पर्यटक सौराहा आएको उनलाई हिजोजस्तै लाग्छ । हात्ती सफारी, डुंगा शयर, जिप सफारी, जंगल वाक आयआर्जनका माध्यम भए । अहिले होटल नै १ सय ५ वटा पुगेका छन् । “सौराहामा जमिन्दारको ज पनि बाँकी छैन,” उनी ठट्यौली भावमा भन्छन्, “तर, व्यक्तिले नै एक करोड दरका ६० वटा हात्ती पालेका छन् ।”
मलेरियाविरुद्ध डीडीटी छर्किएपछि सौराहामा बाहिरियाको आगमन बढ्यो । बस्ती योजना अन्तर्गत एक रुपियाँको टिकट टाँसेर पाँच बिघा जग्गा सित्तैँमा पाउने भएपछि सौराहाको कायकल्प नै भयो । रमाइलो के भने ५० हजार रुपियाँमा १० कट्ठा जग्गा दिँदा पनि उनले लिन सकेनन् । ०५२ मा क्यान्सर अस्पतालको गेट नम्बर–१ नजिक आफ्नै ड्राइभरसँग दुई लाखको एक कट्ठा जग्गा लिएर एकतले घर बनाए । “अहिले पनि कतिपय चिफ वार्डेनको घर भनेर अरूकै घरतिर जान्छन्,” उनी भन्छन्, “मलाई एकतले घरमै परमानन्द छ ।”
संरक्षण क्षेत्रका महारथी रामप्रीतका निम्ति असली जीवन भनेकै प्रकृति हो । उनको नारा नै छ– नो लाइफ विद्आउट वाइल्डलाइफ । समुदायलाई संरक्षण बुझाउने क्रममा नाच्न सिके उनले । राष्ट्रिय निकुञ्जको क्याप्टेन भएर हात्तीपोलो च्याम्पियन भए, १० पटक । लाइफटाइम कन्जरभेसन अवार्ड पाए, ग्लोबल ५०० पनि पाए । “जागिर मात्र खाने मान्छे संरक्षणमा काम लाग्दैन, आत्मादेखि नै संरक्षणकर्मी हुनुपर्छ,” उनी गर्व गर्छन्, “मेरो काम हुकुम प्रमांगी या बढुवा केहीका लागि पनि थिएन ।”
दौडेको दौड्यै छन्, रामप्रीत । धन्न संरक्षणमा लाग्नु पहिल्यै बिहे गर्न भ्याइसकेका थिए । १८–१९ वर्षको उमेरमा सिरहाकै कन्यासित बिहे गरेका उनका दुई छोरा छन्, २० वर्षे जन्मान्तरका । जेठा सिरहामै खेतीपातीमा छन् भने कान्छा भर्खर बीबीए पढ्दै छन् । उनीसँग परिवारको एउटै गुनासो छ, समय नदिएको । आफ्नो कर्मप्रति किञ्चित् खेद छैन उनलाई ।
सिरहाको यादव परिवारका चार दाजुभाइमा रामप्रीतको रोल नम्बर २ हो । गाउँमै अक्षरारम्भ गरेपछि थप शिक्षाका लागि छिमेकी भारतको मधुवनी डिभिजन अन्तर्गत जनता चेथ्रु केशवलाल (जेसीकेएल) हाई स्कुल खजेडिहा जानुपर्ने बाध्यता थियो उनमा ।
प्रशस्त दूध–घिउ खाने अनि पहलवानीमा जाने चलन थियो परिवारमा । उनका दाजुभाइ अहिले पनि खेतीकिसानीमै रमाइरहेका छन् । बाल्यकालमै जंगल, वन्यजन्तु र चराचुरुंगीमा चाख बस्यो उनलाई । उनलाई लाग्यो, ‘म वनमै काम गर्छु ।’ नभन्दै त्यस्तै भयो ।
जहाँ–जहाँ गैँडा मारिए, त्यहाँ–त्यहाँ पुगे रामप्रीत । चितवन राष्ट्रिय निकुञ्जपछि बर्दियामा साढे तीन वर्ष चिफ वार्डेन भए । शुक्लाफाँटामा एक वर्ष बसेर पर्सामा दुई वर्ष चिफ वार्डेन । वर्षको १५ वटासम्म गैँडा मारिन्थे, द्वन्द्वकालमा ३५ वटा मारिए । गैँडा धेरै मारिन थालेपछि फेरि चितवनै आए । सगरमाथा, कोसीटप्पु, लाङटाङ, रारासित पनि उनको थोरबहुत सम्बन्ध छ ।
लाङटाङमा सिमाना लगाउन जोन ब्लोरसँग ४५ दिन हिँड्दा नौ किलो घटेछन् रामप्रीत । “जोन स्लिपिङ ब्याग, चस्मा, औषधि लिएर गएका थिए, मैले पनि थोत्रो चस्मा लगाएकै थिएँ,” उनी सम्झन्छन्, “बिचरा भरियाले हिउँबाट जोगिन गोल पिँधी आँखामा कालो धर्सा कोरेर ज्यान जोगाए ।” पहिलो प्लेन यात्रा त्यहीँ गरे उनले । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा समेत काम गरेका रामप्रीतले ३४ वर्षे जागिरे जीवन ०५७ मा बिसाए ।
अवकाशपछि पनि उनको दौडधूप सकिएको छैन । डब्लूडब्लूएफको चार जिल्लाको समुदायमा आधारित तराई भूपरिधि परियोजना (ताल प्राजेक्ट)को संरक्षण शिक्षामा जुटिरहेकै छन् । “छालाको शान जिउँदो बाघमा हुन्छ, खागको शान जिउँदो गैँडामा हुन्छ,” उनका कुरा ऐजन–ऐजन हुन्, “जंगलमा मानिस एक सय प्रतिशत सुरक्षित हुन्छ भने सहर–बजारमा दुई सय प्रतिशत असुरक्षित ।”

http://bit.ly/2sTUJhb
Subscribe to:
Comments (Atom)