स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
| चितवन राष्ट्रिय निकुञ्ज Chitwan National Park | |
|---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
| |
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बीसहजारी ताल
| |
| चितवन राष्ट्रिय निकुञ्जको नक्सा | |
| रहेको स्थान | नेपाल |
| नजिकको सहर | भरतपुर |
| निर्देशांक | २७°३०′०″ उत्तर८४°२०′०″ पूर्वनिर्देशाङ्क: २७°३०′०″ उत्तर ८४°२०′०″ पूर्व |
| क्षेत्रफल | ९३२ वर्ग किमी |
| स्थापना | सन् १९७३ |
| किसिम | प्राकृतिक |
| मापदण्ड | vii, ix, x |
| नामाङ्कित | १९८४ (८औ बैठक) |
| सन्दर्भ क्रम सङ्ख्या | २८४ |
| राज्य | |
| क्षेत्र | एसिया |
चितवन राष्ट्रिय निकुञ्ज (अङ्ग्रेजी: Chitwan National Park; पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो ।[१] यसको क्षेत्रफल ९३२ किमी2 (३६० वर्ग माइल) छ । यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ ।[२] चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ । सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाट नै हुने गर्दछन् ।
सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन् ।
इतिहास
१९औं शताब्दीसम्म जङ्गलको हृदयको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा जाडो याममा नेपालका शासक वर्गहरूको मनपर्ने सिकार स्थान रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौँको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरू यहाँ महिनौ शिविर लगाएर बाघ, भालु, गैँडा, चितवाहरूको सिकार गर्ने गर्दथे ।[३] सन् १९५० मा, चितवनको वन र घाँसे मैदान २,६०० किमी2 (१,००० वर्ग माइल)मा विस्तार भयो जसमा लगभग ८०० वटा गैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । जब मध्य-पहाडी क्षेत्र देखि गरिब किसान कृषि योग्य भूमिको खोजमा चितवन उपत्यका सरे त्यस बखत वनजङ्गल मासेर तिनीहरू यहाँ बस्ती बनाए र वन्यजन्तुको चोरी सिकारी व्यापक भयो । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्था कानुनले गैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएको थियो । सन् १९५९ मा, एडवर्ड प्रिचर्ड जीले एउटा सर्वेक्षण गरे जसमा उनले यस क्षेत्रमा रहेको उत्तर राप्ती नदी र दक्षिणमा वन्यजीव बचाउन दश वर्षको लागि परीक्षण अवधिको लागि सिफारिस गरे ।[४] चितवनको पछि सर्वेक्षण पछि सन् १९६३ मा उनले जीवजन्तुहरूको संरक्षण समाज र प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय सङ्घ दुवै लाई दक्षिण क्षेत्रलाई विस्तार गर्न सिफारिस गरे ।[५]
सन् १९६० को अन्तसम्ममा, ७०% जङ्गलहरूलाई डिडिटिको प्रयोगले खाली बनाएर हजारौँ हजार मानिसहरू बसोबास गर्न सुरु गरे जसले गर्दा त्यहाँ भित्र गैँडाको सङ्ख्या ९५ पुग्यो । गैँडाको सङ्ख्यामा आएको नाटकीय ह्रास र बढ्दो चोरी सिकारीले सरकारले एक गैँडा गस्ती टोलीको स्थापना गर्यो जसमा १३० सशस्त्र जवानहरू र सुरक्षा केन्द्र सञ्जाल रहेको थियो जसलाई चितवनको सबै ठाउँमा गस्ती गर्न लगाइएको थियो । गैँडाको सिकार रोकथाम गर्नका निमित्त सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जलाई अनंकित गरियो र सन् १९७३ मा यसमा सुरूवाती रूपमा ५४४ किमी2 (२१० वर्ग माइल)को क्षेत्र सामेल गरियो ।[६]
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र ९३२ किमी2 (३६० वर्ग माइल)मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा ७६६.१ किमी2 (२९५.८ वर्ग माइल)को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।[२]
जलवायु
चितवनमा वर्षभरि नै उष्ण प्रदेशीय मनसुन जलवायुसँगै उच्च वर्षा हुने ठाउँ हो ।[३] यो क्षेत्र केन्द्रीय हिमाली जलवायुमा अवस्थित रहेको हुनाले यस क्षेत्रमा मनसुन मध्य जुन देखि सुरु हुन्छ र ढिलो सेप्टेम्बरमा वर्षामा कमी आउँछ । यस १४-१५ हप्ताको अवधिमा यहाँ वार्षिक २५०० मिमी भन्दा बढी वर्षा हुने गरेको छ ।
पशुपंक्षी तथा जनावरहरु
यो निकुञ्ज विशेष गरेर एक सिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा मृग, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन्।
साहित्य
- पंक्षी संरक्षण नेपाल (२००६) चितवनका पंक्षीहरू ५४३ प्रजाति उल्लिखित । राष्ट्रिय निकुञ्ज विभाग तथा वन्यजन्तु संरक्षण तथा सहभागिता संरक्षण कार्यक्रम II, काठमाडौँमा प्रकाशित
मिडिया
यस निकुञ्जको एक सिंगे गैँडालाई द जेफ कोर्विन एक्सपेरिएन्सको दोस्रो संस्करणको ११औं भागमा प्रसारित गरिएको थियो ।
No comments:
Post a Comment