“गैंडा संरक्षणमा उल्लेख्य उपलव्धिः आर्थिक वर्ष ०७१।७२ शुन्य चोरी शिकार”
शुन्य चोरी शिकार वर्ष ९श्भचय एयबअजष्लन थ्भबच० को अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्ती
शुन्य चोरी शिकार वर्ष ९श्भचय एयबअजष्लन थ्भबच० को अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्ती
नेपालको वन जंगल र वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनको लागि वन तथा भू–संरक्षण मन्त्रालयको नेतृत्वमा केन्द्रियस्तरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा वन विभाग र जिल्लास्तरमा जिल्ला वन कार्यालय तथा राष्ट्रिय निकुञ्ज/वन्यजन्तु आरक्ष/संरक्षण क्षेत्र लगायतका निकायहरु क्रियाशिल रहेका छन् भने वन्यजन्तु संरक्षणमा नेपाली सेनाको गण/गुल्महरु विभिन्न निकुञ्ज/आरक्षमा तैनाथ रहेका छन् । त्यसै गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रका स्थानीय वासिन्दा, मध्यवर्ती क्षेत्रमा गठन भएका विभिन्न समूह/समितिहरु, सामुदायिक वन उपभोक्ता समूहहरु, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण समूहहरु, स्थानीय प्रशासन, जिल्ला सरकारी वकिल, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, इन्टरपोल, पर्यटन व्यवसायी, नेचर गाइड, नागरिक समाज, विभिन्न संचार माध्यम, राजनैतिक दल, राष्ट्रिय प्रकृति संरक्षण कोष र डव्लु डव्लु एफ नेपाल लगायतका राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका विभिन्न संघ संस्थाहरुले खेलेको भूमिका उल्लेखनिय छ ।
वन्यजन्तु संरक्षणमा जनस्तरमा अभिवृद्धि भएको चेतनाकोस्तर र वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा नेपाल सरकारबाट गठन गरेका/भएका निकायहरुबाट प्रभावकारी कार्य सम्पादन भएको निष्कर्ष निकालिएको छ भने भविष्यमा यसलाई अझ बढि शसक्त र प्रभावकारी बनाउनु पर्ने आजको आवश्यकता रहेको छ । सम्पूर्ण सरोकारवालाहरुको आपसी समन्वय र सहकार्यको परिणाम स्वरुप २०७१ श्रावण १ गते देखि २०७२ असार मसान्त सम्म आर्थिक वर्ष २०७१।७२ को एक वर्षकोे अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जिल्ला वन कार्यालयको क्षेत्र तथा समुदायद्धारा व्यवस्थापन गरिएका सामुदायिक वनहरुमा गैंडाको चोरी शिकार नहुनु र गैंडा लगायतका वन्यजन्तुहरु तथा वन पैदावार सम्बन्धि चोरी शिकार/निकासी तथा अवैध व्यापारमा संलग्न ७३९ जना भन्दा बढि अभियुक्तहरु पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कानुनी दायरामा आउनुलाई सकारात्मक पक्ष रहेको मूल्यांकन गरिएको छ भने यस्ता अपराधमा संलग्न १०० जना भन्दा बढि फरारको सूचीमा देखिनु उत्तिकै चुनौतिपूर्ण छ । त्यसैगरी यस अवधिमा २ थान भरुवा वन्दुक, ःज्ञटब्ज्ञस्वचालित वन्दुक १ थान र यसको गोली ४३ थान, थ्रिनट थ्रिको गोली ४ थान वरामद भएको छ । पक्राउ परेका व्यक्तिहरु हाल विभिन्न कारागारमा कैद सजांय र पूर्पक्षको लागि थुनामा छन् भने केही अनुसन्धानको क्रममा हिरासतमा रहेका छन् । यसभन्दा अगाडीका वर्षहरु सन् २०११ मा ४५० दिनसम्म र वि.स. २०७० सालमा फेब्रुअरी १४, २०१३ देखि ४४० दिनसम्म र हाल आएर २०७१ बैशाख २० गते देखि २०७२ असार मसान्त सम्म ४३५ दिनसम्म शुन्य चोरी शिकार मनाउन सफल भएको र आर्थिक वर्षको हिसावले आ.व.२०७१।७२ मा शुन्य चोरी शिकार आ.व.भएको व्यहोरा स्मरण गराउन चाहन्छु । शुन्य गैंडा चोरी शिकार – जेलमा गैंडाको शुन्य चोरी शिकारी बनाउने हाम्रो अभियान रहको छ ।
वन्यजन्तुको अपराधसंग सम्बन्धित सूचना र तथ्यांकहरुको विश्लेषण गर्दा नेपालको काठमाण्डौं उपत्यका प्रमुख व्यापारिक केन्द्र ९तचबलकष्त उयष्लत० को रुपमा विकसित हुंदै गएको पाइन्छ । वन्यजन्तुको अपराध संगठित अपराधको रुपमा देखिएकोले यसको नियन्त्रण प्रयासमा पनि सामुहिक प्रयासको खांचो रहेको छ । पछिल्लो समयमा भएका प्रगतिहरुको विश्लेषण गर्दा वन्यजन्तु अपराधमा संलग्न सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरुको सकृयता र समन्वयमा लामो समय देखि सर्वाधिक खोजीको सूचीमा९mयकत धबलतभम०रहेका रेड कर्नर नोटिस जारी भएका राज कुमार प्रजा मलेसियाबाट पक्राउ पर्नुलाई वन्यजन्तु चोरी शिकार तथा अवैध व्यापारमा सकारात्मक उपलव्धिको रुपमा लिइएको छ ।
हाल विश्वमा करिव ३००० को संख्यामा रहेको एकसिंगे गैंडा नेपाल र भारतको सिमित निकुञ्ज/आरक्ष र वरिपरीको क्षेत्रमा मात्र पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान हो । १९५० को दशकमा ८०० को संख्यामा रहेको अनुमान गरिएको गैंडा वि.सं.२०२४/२५ तिर ८१ देखि १०० मा झरेको अनुमान गरिएको थियो । वि.सं.२०२६/२७ मा नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जलाई नेपालको पहिलो राष्ट्रिय निकुञ्ज बनाउन स्वीकृति भएपछि वि.सं.२०२७/२८ मा निकुञ्जको प्रारम्भिक काम शुरु भयो र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था भए बमोजिम वि.सं.२०३० असोज ४ (सन् १९७३) मा गैंडा संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको हो ।
हाल विश्वमा करिव ३००० को संख्यामा रहेको एकसिंगे गैंडा नेपाल र भारतको सिमित निकुञ्ज/आरक्ष र वरिपरीको क्षेत्रमा मात्र पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य वासस्थान हो । १९५० को दशकमा ८०० को संख्यामा रहेको अनुमान गरिएको गैंडा वि.सं.२०२४/२५ तिर ८१ देखि १०० मा झरेको अनुमान गरिएको थियो । वि.सं.२०२६/२७ मा नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जलाई नेपालको पहिलो राष्ट्रिय निकुञ्ज बनाउन स्वीकृति भएपछि वि.सं.२०२७/२८ मा निकुञ्जको प्रारम्भिक काम शुरु भयो र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा व्यवस्था भए बमोजिम वि.सं.२०३० असोज ४ (सन् १९७३) मा गैंडा संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको हो ।
नेपालमा वन्यजन्तु संरक्षणको कार्य चितवनको जंगलमा पाइने गैंडाको संरक्षणबाट शुरु हुंदा शुरुका दिनहरुमा गैंडा गस्तिको नामबाट केही शसस्त्र कर्मचारी सहित शुरु भएको अभियानमा क्रमशः परिमार्जन हुंदै आएको छ र जैविक विविधता संरक्षणमा नेपाली सेनाको भूमिकालाई वि.सं.२०३२ सालबाट समावेश गरिएको थियो । गैंडा, बाघ, हात्ती, गौरीगाई, घडियाल गोही लगायतका दुर्लभ र महत्वपूर्ण वन्यजन्तुको संरक्षण गरी नेपालको विभिन्न पारस्थितिकीय प्रणालीको प्रतिनिधित्व र पर्यावरणीय सन्तुलन कायम राख्ने कार्यमा चितवन राष्ट्रिय निकुञ्जको भूमिका महत्वपूर्ण रहेको छ । यसबाट प्रष्ट हुन्छ की संरक्षणको कार्य अत्यन्तै जटिल र दुरगामी प्रभाव पार्ने खालको विषयवस्तु भएको हुंदा यसमा सामुहिक प्रयासको खांचोलाई महसुश गरी स्थानीय जनताको सहभागीतालाई सुनिश्चित गर्ने अवधारणा अनुरुप २०५३ सालमा मध्यवर्ती क्षेत्र स्थापना भएको छ । त्यसै गरी नेपाल पर्यापर्यटनको एक गन्तव्यस्थलको रुपमा अन्तरराष्ट्रिय समुदायमा परिचित हुंदै गएको परिप्रेक्ष र नेपालले पनि पर्यटन उद्योगलाई वैदेशिक मुद्रा आर्जन गरी स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्ने र महत्वपूर्ण प्राकृतिक क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै लैजाने लक्ष्य र उद्देश्य अनुरुप नेपाल भ्रमणमा आउने करिव ४० प्रतिशत पर्यटकहरुले यस निकुञ्जको भ्रमण गर्ने गरेको तथ्यांकबाट देखिन्छ ।
गैंडाको संरक्षण र व्यवस्थापनको लागि समय समयमा गैंडा गणना गरी संख्या यकिन गर्ने कार्य नियमित हुंदै आएको छ र सन् २०१५ को गणनाबाट यस निकुञ्जमा गैंडाको संख्या ६०५ रहेको छ । देशको विषम परिस्थितीको समयमा एकै वर्षमा ३७ वटा सम्म गैंडा चोरी शिकारीबाट मारिंदा समग्र नेपाली समाजलाई ठूलो क्षति पुगेको महशुस भएको अवस्थाबाट गुज्रेको वन्यजन्तु संरक्षणको कार्य निरन्तर सामुहिक प्रयासको फलस्वरुप १ वर्ष भन्दा बढि दिनको अवधिमा एउटा पनि गैंडा चोरी शिकारीबाट मारिन नदिनुमा नेपालको वन्यजन्तु संरक्षणमा चासो राखी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान पु–याउने राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ठूलो उपलव्धिको रुपमा लिन सकिन्छ ।
चोरी शिकार नियन्त्रणको लागि निकुञ्जकार्यालयमा चोरी शिकार प्रतिरोध इकाई स्थापना गरी सुराकी परिचालन, सुराक संकलन, चोरी शिकारमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानून कार्यान्वयन गर्ने निकायहरुको समन्वय र सहयोगमा पक्राउ गरेर कानुनी दायरामा ल्याई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम दण्ड सजायं गरिएको छ । प्रकृति र वन्यजन्तु संरक्षणको लागि यस निकुञ्जमा अहोरात्र खटिएको नेपाली सेनाको श्रीजंग गण, नयां भैरवीदल गुल्म र मिति २०७१ मंसिर १ गते देखि २०७२ वैशाख १५ सम्म अपरेशन महाहन्टमा खटिएको नेपाली सेनाको विभिन्न गण तथा गुल्महरु (महावीर रेञ्जर गण, रिपुमर्दन गण, सिंहनाथ गण, रणशेर गण, युद्ध भैरव गण, दि फेमस महिन्द्रदल गण रअजयदल गुल्म)ले खेलेको भूमिका अतुलनिय र प्रशंसनिय रहेको छ । निकुञ्जको वरिपरी बसोवास गर्ने समुदाय, युवाहरु, मध्यवर्ती क्षेत्रका स्थानीय वासिन्दा तथा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण लगायतका संघ संस्थाहरु, सामुदायिक वनले खेलेको भूमिका उदाहरिणय रहेको छ । नेपाली सेना, मध्य पृतना, वाहिनी र जङ्गी अड्डा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको निर्देशन हाम्रा लागि मार्गदर्शक रहेको व्यहोरा ब्यक्त गर्दछु । त्यसैगरी नेपाल प्रहरी, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो ९ऋक्ष्द्य०, इन्टरपोल, डव्लु डव्लु एफ नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका संरक्षणका सहयोगी र सहकर्मी संघ संस्थाहरु, संचार माध्यमहरु, पर्यटन व्यवसायी, राजनैतिक दलहरुआदिको भूमिका उल्लेखनिय रहेको छ ।
यो सफलता हासिल गर्न यस निकुञ्जमा ५३ वटा स्थायी पोष्ट संयुक्त रुपमा तैनाथ हुंदै आएकोमा हालका दिनहरुमा १०२ वटा पोष्टमा सुरक्षा तैनाथ रहेको छ । सुरक्षा व्यवस्था मजवुद बनाउन हात्ती, साइकल, गाडी, डुंगा, नयां निर्माण भएका गोरेटो बाटो, हवाई गस्ती र स्मार्ट गस्तीबाट सुरक्षा संयन्त्रलाई मजबुत गरिएको छ । पछिल्लो समयमा प्राप्त भएको सफलतालाई अझ सशक्त गराउन चभब ितष्mभ ष्लायचmबतष्यल गस्ती, तालिम प्राप्त कुकुर ९क्लषाभच म्यन० परिचालन गरिएको छ । मध्यवर्ती क्षेत्रमा १७७९ समूह, २२ वटा उपभोक्ता समिति, २२ वटा युवा जागरण समूह, २२ वटा र्यापिड रेस्पोन्स टिम, ७० वटा सामुदायिक वनहरु र वन हेरालुहरु, जिल्ला वन कार्यालय, शसस्त्र वन रक्षक तालीम केन्द्र, चितवन, जिल्ला वन कार्यालय अन्तर्गतका सामुदायिक वन र वन हेरालुहरु क्रियाशिल छन् ।
संगठित रुपमा हुने गरेका चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणको लागि राष्ट्रिय, क्षेत्रीय र अन्र्तराष्ट्रियस्तरमा कानून कार्यान्वयन गर्ने निकायहरु, स्थानीय प्रशासन, जिल्ला सरकारी वकिल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, इन्टरपोल, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, राजनैतिक दल तथा जैविक विविधता संरक्षणमा कार्यरत राष्ट्रिय प्रकृति संरक्षण कोष, डव्लु डव्लु एफ नेपाल, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका संघ संस्थाहरु सवैको संयुक्त प्रयासको अत्यन्त महत्वपूर्ण भूमिका रहने र सामुहिक प्रयासले मात्र सफलता प्राप्त हुने कुरामा दुई मत नरहेको सन्र्दभलाई उच्च मूल्यांकन गर्दै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सवैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । अन्तमा नेपालको जैविक विविधता संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भई योगदान पु–याउन आम समुदायलाई हार्दिक अपिल गरिन्छ ।
No comments:
Post a Comment