एकसिङ्गे गैँडा र बाघका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गेका लागि वासस्थान तयारी तीव्र
Natural Resource is our Capital
Saturday, June 24, 2017
Wednesday, June 21, 2017
चितवन चिनाउने चरा
नेपालको मध्यभागमा पर्छ, चितवन। देशको पूर्व-पश्चिम गर्नेहरूका लागि पनि खास पायक पर्ने ठाउँ हो चितवन। मानिसलाई जसरी पायक पर्छ; चरालाई पनि पायक पर्ने जिल्लाको रूपमा चितवनलाई चिनिन्छ। पर्यटकीय हब चितवन आज बिस्तारै चरा हब बन्दैछ। 'बर्ड वाचर'का लागि अहिले स्वर्ग कहलिएको छ चितवन। नेपालमा पाइनेमध्ये ७० प्रतिशत बढी प्रजातिका चरा चितवनमा पाइन्छन्। यहाँका घाँसेमैदान र सिमसार क्षेत्र चराको बाक्लो बासस्थान क्षेत्र हो। घारी र समथल सतहदेखि उच्च पहाडी इलाका भएकाले पनि चितवन सेरोफेरो चराहरूको अनुकूल बासस्थान क्षेत्र हो। विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र नारायणी-राप्ती नदी आसपासलाई चराको सुरक्षित बासस्थान क्षेत्र मानिन्छ। चितवनको प्राकृतिक वातावरण चराको लागि उपयुक्त भएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउँछन्। हालैको रेकर्डअनुसार नेपालमा पाइने आठ सय ८६ प्रजातिका चराहरूमध्ये चितवनमा तीन सय ३४ प्रजातिका चरा भेटिएका छन्। पछिल्ला दिनमा यो संख्या वृद्धि हँदै गइरहेको छ। नेपालका ३७ प्रजातिका लोपोन्मुख चराहरूमध्ये २४ प्रजातिका चराहरू यहाँ पाइन्छन्। यहाँ पाइने मुख्य चराहरूमा मयुर, धनेश, सुगाका विभिन्न प्रजाति, जलकौवा, चखेवा, गरुड, हुट्ट्यिाउँ, चिल, उल्लु, लाँचे, काठफोर, किङफिसर, ढुकुर, हलेसो आदि हुन्। यस्तै अति दुर्लभ चराहरूमा खरमजुर, रागधनेश, डंगुरगिद्ध पनि यहाँ पाइन्छन्। २०७१ को चरा गणनामा यहाँ सातवटा नयाँ चरा थपिएका थिए भने यस वर्षको गणनामा यहाँ 'बगर ज्यामी' नामको नयाँ चरा फेला परेको थियो। चितवन चराहरूको बासस्थानमात्र नभई बसाइसराइको गन्तव्य पनि हो। गर्मीयाममा यहाँ ४७ प्रजातिका चराहरू बसाइसराइ गरी आइपुग्छन् भने जाडोयाममा एक सय ४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन्। देशका विभिन्न भागबाट समेत चराहरू चितवन आसपास प्रजनन गर्न आउने स्थानीय चराविद् टीकाराम गिरी बताउँछन्। त्यसैले पनि देशदेखि विदेशसम्मका पर्यटकहरू चरा अवलोकनका लागि चितवन आउने गर्छन्। चराहरूको बसाइसराइ हेर्न कै लागि विदेशबाट समेत ठूलो संख्यामा पर्यटकहरू चितवन आउने निकुञ्ज अधिकृत कँडेल बताउँछन्। विभिन्न देशबाट हिउँद यामको सुरुवातसँगै चितवन राष्ट्रिय निकुञ्ज आउने चराहरू अहिलेसम्म निरन्तर आइरहेका छन्। विदेशी चराहरू पहिलाको तुलनामा कम देखिन थालेको चराविज्ञ गिरी बताउँछन्। चराहरू हेरेर मज्जा लुट्न चाहनेको संख्या पनि दिनदिनै बढिरहेको छ। यहाँ भारतका स्वर्गचरी तथा राजचरीसमेत प्रजननका लागि आउने गर्दछन्। युरोपदेखि एसियाका विभिन्न मुलुकमा ट्याग लगाएका चराहरूसमेत यहाँ फेला पारिएको छ। फागुन-चैतका दिनमा न्यानो र रातमा हल्का चिसो हुने हँदा यो मौसम रैथाने तथा आगन्तुक चराहरूको लागि उपयुक्त मौसम मानिन्छ। निकुञ्ज क्षेत्रमा कात्तिकको अन्तिम सातादेखि माघ अन्त्यसम्मको अवधि चरा आउने मुख्य समय हो। नेपालको हिमाली क्षेत्रको साथै साइबेरिया, बर्मा, तिब्वतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चराहरू यहाँ आउने चराविज्ञ हेमसागर बरालले बताए। उनका अनुसार ती चराहरूको बसाइ चैत अन्तिमसम्म हुने गर्दछ। यस वर्ष चरा आइपुग्नुपर्ने समय सकिन अब एक महिना बाँकी छ। पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्या चराहरूको आगमन तथा वृद्घिमा ह्रास आउनुको कारण देख्छन् चराविज्ञ बराल। चितवनको सौराह, कथार, कसरा, अमलटारी, माडी, बीसहजारीताल, लामीताल, तमोरताल, पदमपुर, पटना साथै नारायणी र राप्ती नदीका किनाराहरू चरा बसोबासका लागि प्रमुख स्थानहरू मानिन्छन्। चितवन खासगरी पानीमा आश्रित चराहरू बाक्लो बासस्थान मानिन्छ। निकुञ्ज र आसपासका क्षेत्रमा जनचेतना अभाव र फितलो कानुनको फाइदा उठाउँदै चराको सिकार बढी भएका कारण पनि यहाँ चराको अस्तित्व बिस्तारै संकटमा पर्दै गएको अर्का चरा गाइड तथा चराविज्ञ बासु बिडारी बताउँछन्। यहाँ पहिला देखिने तर अहिले लोप भएका चरा, ती र तिनका प्रजातिको लोप हुनुको कारण भने निकुञ्जले खोज्न नसकेको स्थानीयहरूको गुनासो छ। विभिन्न ऋतुमा आउने चराको संख्या घट्नुको कारण निकुञ्जले खोज्न सकेको छैन। यसका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने स्थानीयवासीको माग छ। नवलपरासी चितवनको सीमा भएर बग्ने नारायणी नदी एवं निकुञ्ज वरिपरि पाइने एघार प्रजातिका चराहरू पूर्ण तथा सिमसारमा आ िश्रत छन्। त्यस्तै संकटापन्न अवस्थामा रहेका विश्वका एक सय ४९ प्रजातिका चराहरूमध्ये ३९ प्रजातिका चरा चितवनआसपास देख्न पाइन्छ। निकुञ्जको ठूलो विशेषता भनेको कम समय र सुरक्षित वातावरणमा धेरैभन्दा धेरै प्रजातिका चरा अवलोकन गर्न पाइनु पनि हो। दिनभरिको हिँडाइ तथा जंगल सफारीको थकान बिर्साउन पनि निकुञ्ज आसपासका चराहरू हिजोआज पर्यटकहरूको रोजाइमा पर्न थालेका छन्। यद्यपि पर्यटकका लागि भने व्यवस्थित चरा अवलोकन मचानहरू निकुञ्जले स्थापना गर्न सकेको छैन। चरा अवलोकनका लागि विशेष व्यवस्थित पूर्वाधार राज्यले स्थापना गर्ने हो भने चितवनको अर्को परिचय 'चरा गन्तव्य चितवन' पनि बन्न सक्छ ! यतातर्फ चितवनवासीले पनि सोच्ने कि ! ? - See source: http://www.annapurnapost.com
पानीमा आश्रित चार प्रजातीका चरा बढे
१९ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या बढेको छ । अघिल्लो वर्ष ५० प्रजाती रहकोमा यस बर्ष बढेर ५४ प्रजाति भएको चराविद् बासु विडारीले जानकारी दिए ।
जसमध्ये पनि पानीमा आश्रित चखेवा यसवर्ष अत्यधिक मात्रमा बढेको उनले बताए । गत साल २ हजार ४ सय ६८ चखेवा रहकोमा यस बर्ष २ हजार ९ सय ५ वटा चखेवा फेला परेको थियो ।
निकुञ्ज क्षेत्रअन्तर्गतका सिमसार तथा नदी क्षेत्रमा भइरहेको चरा गण्ँनाको क्रम यस क्षेत्रमा चराको संख्या बढेको देखिएको हो । संख्या बढ्नेमा सबै पानी चराहरु रहेको छन् ।
यस बर्ष पोहर नदेखिएका चराका प्रजातिहरुमा तिलहरी चरा, प्रसान्त, लाम डुटे राजपुत्रि जातका चरा भेटिएको गणनामा संलग्न वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार पानी चराको वासस्थानमा वातावरण प्रतिकूल भएकाले सिमसारमा समेत चरा बढेको बताए । चितवनसहित देशभरका निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १३ दिनसम्म चरागणना गरिएको थियो ।
गणनामा पानीमा ५ हजार ६ सय ५९ वटा र पानी बाहिर १० हजार ३२ चरा गरिने चराविद् विडारीले बताए । सिमसार क्षेत्रमा दुर्लभ चराको संख्यामा विस्तारै बढ्न थालेपछि सरकारी तथा गैरसरकारी संस्थाको पहलमा चरा गण्ँना कार्य सुरु गरिएको थियो ।
सिमसार क्षेत्रअन्तर्गतका पानीमा आश्रित चरालाई मात्रै गण्ँना गरिएको गण्ँकहरुले बताएका छन् ।
नारायणी, राप्ती नदी, देवी ताल, कमल ताल, लामे ताल, पटना ताल, २० हजारीताल लगायतका सिमसार क्षेत्रमा पंक्षी गणना गरिएको पंक्षिविद् टिकाराम गिरीले जानकारी दिए ।
वर्ड एजुकेसन सोसाइटीको अगुवाईमा चितवन राष्ट्रिय निकुञ्ज, नेपाल पंक्षी संरक्षण्ँ संघ, हिमालयन नेचर, डब्लुडब्लु एफ ताल परियोजना, प्रकृति संरक्षण्ँ कोष,को प्रयासमा नवलपरासी र चितवनको निकुन्ज क्षेत्रमा चरा गण्ँना गरिएको हो ।
गणकहरु समूहमा विभाजित भई झण्डै १३ दिन निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका सिमसार क्षेत्रमा खटिएका थिए । विश्वमा पाइने मध्ये १० प्रतिशत चरा नेपालमा मात्रै पाइन्छन् । यी मध्ये ३३ प्रजातिका पंक्षी दुर्लभ छन् ।
विश्वमा दुर्लभ मानिएको २६ प्रजातिका पंक्षी चितवन राष्ट्रिय निकुन्जमा पाइने निकुञजका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए । हालसम्म नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छ । यी मध्ये ६ सय ३४ प्रजाति चितवनमा मात्र पाइने बिडारीले जानकारी दिए ।
चितवनमा नयाँ प्रजातिका चरा फेला परे
रामकुमार श्रेष्ठ
५ माघ, नवलपरासी । नवलपरासी र चितवनको सीमाना भएर बग्ने नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा चरा गणना सकिएको छ । बर्षेनी चरा गणना गर्ने क्रममा यस बर्ष पनि आइतबार र सोमबार दुई दिन लगाएर चरा गणना गरिएको हो ।
५ माघ, नवलपरासी । नवलपरासी र चितवनको सीमाना भएर बग्ने नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा चरा गणना सकिएको छ । बर्षेनी चरा गणना गर्ने क्रममा यस बर्ष पनि आइतबार र सोमबार दुई दिन लगाएर चरा गणना गरिएको हो ।
चराहरुको गणनाका लागि दुई समूह बनाइएको थियो । यसपटक प्रकृतिविद् भागिरथ चौधरीको नेतृत्वमा १३ जना संरक्षणकर्मीहरुको साथै सञ्चारकर्मीहरुको सहभागितामा अमलटारीदेखि त्रिवेणीसम्म र नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य धनबहादुर चौधरीको नेतृत्वमा सिक्रौलीदेखि अमलटारीसम्म नारायणी नदीको उत्तरी भंगालोलाई आधार मानेर चरा गणना गरिएको थियो ।
नारायणी नदीका साथै चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको सिमसार क्षेत्र राप्ती नदी, देवी ताल, कमल ताल, लामे ताललगायतका मुख्य क्षेत्रहरुमा पंक्षी गणना गरिएको नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य चौधरीले जानकारी दिए ।
नारायणीमा दुई प्रजाति फेरि देखिए
गत बर्ष चरा गणना गर्ने क्रममा नदेखिएका दुई प्रजातिका चरा यस बर्ष पुनः देखिएका छन् । ‘कमन कुट’ नामक आगन्तुक चरा र ‘ब्राउन कर्क’ नामक स्थानीय जातका एक-एक वटा चरा देखिएका हुन् ।
त्यस्तै नारायणी नदीमा बथानका बथान देखिने चखेवा-चखेवी पनि गत बर्षको तुलनामा केही बढेको छ । ‘गत बर्ष नारायणी नदीमा एक हजार सात सयको हाराहारीमा चखेवा-चखेवी भेटिएकोमा यस बर्ष दुई हजार सात सय चखेवा-चखेवी भेटिएको छ,’ चौधरीले भने ।
पानीमा आश्रित सिम कुखुरा, चखेवा चखेवी, खोया हाँस, जलेवा, मणि टुंडक, जल कुखुरा, भूडिभोड, गरुण, कालो गरुण, सिरो ठोडे, हुटिट्याउँ, टिमटिमे लगायतका चराहरु नारायणी नदीमा आश्रित छन् । यी चराहरु यहाँका रैथाने चराहरु हुन् ।
त्यसका साथै नेपालकै हिमाली भेगका साथै साइबेरिया, तिब्बत, बर्मा चिसो छल्न आउन र आहाराका आउने आगन्तुक चराहरु पनि यहाँ पाइने गर्दछन् ।
लोप हुँदै चराका प्रजाति
प्रत्येक बर्ष यही समयमा नारायणी नदीमा थारु भिलेज रिसोर्टको ब्यवस्थापनमा चरा गणना हुँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, नेपाल पंक्षी संरक्षण संघ, वर्ड एजुकेशन सोसाईटी सौराहा, हिमालयन नेचर काठमाडौं, डब्लु.डब्लु.एफ, ताल परियोजना, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहमति र सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज वरपर बासस्थान बनाएर नारायणी नदीमा चरीचरण गर्ने पंक्षीहरुको गणना गरिएको हो ।
विश्वमा पाइने पंक्षीहरुको १० प्रतिशत प्रजाति पंक्षी नेपालमा पाइने गरेका छन् । जसमध्ये ३३ प्रजातिका पंक्षीहरु दुर्लभ मानिन्छन् । तिमध्ये विश्वमा दुर्लभ मानिएका २६ प्रजातिका पंक्षीहरु चितवन राष्ट्रिय निकुञ्जमा नै पाइने गरेको चौधरीले बताए । चौधरीका अनुसार जसमध्ये ११ प्रजाति सिमसारमा आश्रित छन् ।
चरा लोप हुँदै जान थालेपछि सन् १९८७ मा दक्षिण पूर्वी एसियामा पंक्षीहरुको गणना शुरु गरिएको थियो । नेपालमा भने सन् १९९९ देखि टाइगर माउन्टेन पोखरा लजले महत्वपूर्ण मानिने ताल तलैयामा पंक्षीहरुको गणना शुरु गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सय १५ प्रजातिका चराहरु मध्ये नारायणी नदीमा ४७ प्रजातिका चराहरु देखिने गरेकोमा अहिले त्यो घटेर ३९ प्रजातिका मात्रै देखिएका छन् । गत बर्ष ३७ प्रजातिका चरा देखिएका थिए । चराका प्रजातिहरु लोप नभइसके पनि संख्या घटेको चौधरीको अनुभव छ ।
किन घट्दैछन् चरा ?
प्रकृतिविद् भागिरथ चौधरीका अनुसार चरा घट्नुको मुख्य कारण चरा आश्रित क्षेत्र नारायणी नदी प्रदुषण हुनु हो । नारायणी नदीमा विभिन्न कारखानाबाट निस्केको प्रदुषण सोझै फालिने र नदीलाई ढलको निकासको रुपमा व्यवस्थापन गर्दा पनि प्रदुषण भई चरा घटेको नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य चौधरीले बताए ।
‘नारायणी नदी प्रदुषण हुँदा चराहरु रोगी भई मर्नुका साथै प्रजनन् क्षमतामा पनि कमी आएको छ,’ चौधरीले भने, ‘चराहरुको सरदर बाँच्ने उमेर पनि घट्दै गएको छ ।’
त्यसैगरी चोरी निकाशी, बासस्थानको अभाव र बालीनालीमा विषादीको प्रयोग पनि चरा घट्नुका अरु कारण हुन् । धनबहादुर चौधरीले चरा सबै ठाउँमा घटेका र चितवन राष्ट्रिय निकुञ्जमा पनि निक्कै मात्रामा घटेको बताए ।
जाडो मौसममै चरा गणना किन ?
नेपालको हिमाली भेग र साइबेरिया, तिब्बत, बर्मा लगायतका हिमाली देशबाट चिसो छल्न र आहाराका लागि जाडो मौसममा चराहरु तराई झर्ने गर्दछन् । सोही क्रममा पुस-माघसम्म आगन्तुक चराहरुले पनि आफ्नो बस्ने स्थान तय गरिसकेकाले चरा गणना जाडोमा गरिने चौधरीले बताए ।
उत्तरबाट आउने चराहरु मंसिर र पुसको पहिलो सातासम्ममा झरीसक्ने र पुसको अन्त्य तिर बासस्थान तय गरिसक्ने भएकोले माघको पहिलो साता तिर चरा गणना गरिएको हो ।
वाईल्ड लाईफ पर्यटनको उत्कृष्ट गन्तव्य : चितवन राष्ट्रिय निकुञ्ज
हिमाली खवर संवाददाता – नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु मध्ये एउटा प्रमुख गन्तब्य हो चितवन । विश्वमै वाइल्ड लाइफ पर्यटनका लागि समेत चर्चित रहेको चितवन राष्टिय निकुञ्जले नेपाली पर्यटनलाई विश्वव्यापी बनाउन निक्कै मद्धत गरेको छ । ९ सय ३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज वि.स २०३० सालमा स्थापना भएको हो । नेपालकै पहिलो राष्टिय निकुञ्जको रुपमा स्थापना भएको यो निकुञ्ज दुर्लभ एक सिंगे गैंडाका लागि विश्वभर प्रख्यात रहेको छ । सन् १९८४मा विश्व सम्पदा सूचिमा समेत सूचिकृत भए पछि यो निकुञ्जमा विश्वभरका पर्यटकहरुको रोजाइमा पर्न थाल्यो ।
१९औं शताब्दीसम्म जङ्गलको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज नेपाली शासकहरुको सिकारथलोको रुपमा रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौँको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरूको लागि यो सिकार थलोको रुपमा समेत लिइन्थ्यो । सन् १९५० मा, चितवनको वन र घाँसे मैदान २,६०० किमी (१,००० वर्ग माइल)मा विस्तार भयो जसमा लगभग ८०० वटा गैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । त्यस पछिका केही दशक पहाडबाट तराईतर्फको बसाईसराई उच्च हुन थालेपछी यहाँको चोरी सिकारी बढ्न थालेको पाइन्छ । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्थाको कानुनले गैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएपछि सन् १९५९ मा, एडवर्ड प्रिचर्ड जीको सर्वेक्षणले उत्तरी सिमानाको राप्ती नदी र दक्षिणी सिमाना विचमा बसोबास गर्ने वन्यजन्तुको संरक्षण गर्न दश वर्षको लागि यो क्षेत्रलाई परिक्षणको रुपमा संरक्षीत क्षेत्रको रुपमा विकसित गरिनु पर्ने निष्र्कष निकाले ।
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र ९३२ वर्ग किमी मा विस्तार गरियो । त्यसपछि सन् १९९७ मा नारायणी(राप्ती नदीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण(पूर्वी सीमानामा र नेपाल भारत अन्तर्राष्टिय सिमानामा ७६६.१ वर्ग किलोमिटरको मध्यवर्ती क्षेत्र समेत जोडिन पुग्यो । चितवन राष्टिय निकुञ्ज वन्य जन्तु संरक्षणमा नेपालकै मात्र नभई विश्वकै पहिलो निकुञ्जमा पर्छ । चितवन राष्टिय निुकुञ्ज विश्वव्यापी रुपमा वाइल्ड लाईफ पर्यटनका लागि पनि प्रख्यात छ । ४० बर्षको कडा मिहेनतले चितवनलाई विश्वव्यापी रुपमा वाइल्ड लाईफ पर्यटनको लागि चर्चित बनाएको बताउछन् टेम्पल टाइगर ग्रिन जंगल रिर्सोटका संञ्चालक बसन्त राज मिश्रा । आज चितवन निकुञ्ज विश्वमै वाइल्ड लाईफ पर्यटनका लागि अफ्रिका पछिको दोस्रो आर्कषणको रुपमा लिइन्छ । यसरी यो निकुञ्जलाई एसियाकै पहिलो वाइल्ड लाईफ पर्यटकीय केन्द्र बनाउनको लागि यहाँ अर्थात चितवनका पर्यटन व्यवसायीको पहिलो योगदान र हात रहेको धारणा मिश्राको रहेको छ । संरक्षण र पर्यटनलाई संगसंगै लग्न सकिन्छ भन्ने प्रयासको पहिलो उदाहरणको रुपमा चितवन राष्टिय निकुञ्जलाई लिने गरिन्छ । चितवन राष्टिय निकुञ्ज भित्र रहेका ७ वटा रिसोर्टहरुलाई सरकारले सन् २०१२मा निकुञ्जभित्रबाट बाहिरीने आदेश दिएको थियो । ति बाहिरीने रिर्सोटमा टेम्पल टाईगर पनि थियो । त्यस यताका ५ बर्षमा टेम्पल टाइगर ग्रिन जंगल रिर्सोट निकुञ्जको मध्यवर्ति क्षेत्रको किनाराबाट सेवा प्रदान गर्दै आइरहेको छ । करिब ३० बर्ष अगाडी स्थापना भएको यो रिर्सोट नेपाली पर्यटन उद्योग र विशेषगरि वाइल्ड लाईफ पर्यटनको लागि एसिया प्रसान्त क्षेत्रमा नमुनाको रुपमा लिइन्छ । पर्यटन उद्योगबाट सरकारले बर्षेनी अर्बौँ रुपैँया राजस्व उठाउने गर्छ । तर पर्यटन उद्योगमा प्रत्यक्ष रुपमा पहिलो प्रभाव देखाउने रिर्सोट र होटलहरुको लगानि सुरक्षित गर्ने र उद्योगलाई व्यवस्थित बनाउने प्रयासमा लागेको पाईदैँन् ।
विगत ४ वर्षको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि चितवन राष्ट्रिय निकुञ्जमा गैंडाहरुको संख्या पनि बर्षेनी बढिरहेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६४५ गैंडा रहेको तथ्याङ्क छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०२ गैंडा भेटिएका छन् । निकुञ्ज सरकारको मातहतमा रहने भएपनि यसको संरक्षण र संर्वद्धनको पहिलो दायित्व र कर्तव्य निकुञ्जका पर्यटन व्यवसायीको रहने धारण मिश्राको रहेको छ । “हाम्रो व्यसाय नै वाइल्ड लाइफमा अडेको छ तसर्थ यसको संरक्षणमा पनि हामी पहिला अग्रसर हुनु पर्छ । ” मिश्रा भन्छन् ।
त्यसो त बार्षिक रुपमा करिब २० करोड रुपैँया राजस्व तिर्ने गरेको टेम्पल टाइगर रिर्सोटलाई निकुञ्ज भित्रबाट बाहिर निकाले पछि चितवनमा आउने लक्जरी पर्यटकको संख्यामा पनि कमि आएको छ । एकातिर सरकार पर्यटन बर्ष मनाउने तयारी गरिरहेको छ । (सन् २०१८मा नेपाल भ्रमण बर्ष) अर्का तर्फ पर्यटन व्यसायी र पर्यटन उद्योगमा प्रत्यक्ष रुपमा जोडीएका निकायहरुलाई कमजोर बनाउँदै गएको छ । यदि यस्तै रहने हो भने नेपाली पर्यटन अझ कमजोर बन्न सक्ने पर्यटन व्यवसायीको धारणा रहेको छ ।
चितवन निकुञ्जले तीनपटक शून्य चोरी सिकार वर्ष मनाइसकेको छ । बाघ संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निकुञ्जले अन्तर्राष्टिय स्तरको ‘क्याट्स अवार्ड’ समेत पाइसकेको छ । यसरी चितवन निकुञ्जलाई अन्तर्राष्टिय स्तरमा सफल बनाउन धेरै निकायको योगदान रहेको छ । सरकारको नेतृत्व, स्थानीयको प्रत्यक्ष सहभागित र पर्यटन व्यवसायीको अहोरात्र परिश्रम नै निकुञ्जको सफलताको रहस्य हो । सरकार स्थानिय र पर्यटन व्यवसायी एक आपसमा निर्भर मात्रै नभई जोडीएका छन् यी मध्ये कुनै एकलाई पनि यहाँबाट कमजोर बनाउने हो भने समग्र पर्यटन उद्योग कमजोर बन्न पुग्छ त्यसकारण पनि सरकारले सबै स्टक होल्डरहरुलाई हातेमालो गरेर अगाडी बढ्नु पर्छ । चितवन निकुञ्जमा गैंडा, बाघ र हाक्ती अवलोकनकै लागि विदेशी र स्वदेशी पर्यटक आउने गर्छन् । मूलतः चितवनमा खर्चिला पर्यटकहरु आउने गर्थे तर पछिल्ला ५ बर्ष यता पर्यटकको संख्या बढेको भएपनि ति खर्चिला र पर्यटक नभएको बताइदै आएको छ । ३० बर्षे वाइल्ड लाईफ पर्यटनको अनुभव संगालेका मिश्रा क अनुसार “यो निकै ठूलो बहसको बिषय हो पर्यटकको संख्या बढाउने कि स्तरीय पर्यटक ल्याउने ।”
२०७१र०७२ को तथ्याङ्क हेर्ने हो भने पनि देशभर ६ सय ४५ गैंडा रहेका छन् भने चितवनमा मात्रै ६ सय ५ वटा गैंडा रहेका छन् । टेम्पल टाइगर रिसोर्ट पर्यटन व्यवसाय मात्रै नभई निकुञ्जको संरक्षण र प्रर्वद्धनमा सक्रियता देखाएको छ । रिर्सोटले निकुञ्ज भित्रै हाक्ती प्रजनन केन्द्र पनि संञ्चालन गर्दै आएको छ । अहिले उक्त प्रजनन् केन्द्रमा एउटा छावा सहित ३ वटा हाक्ती रहेका बताउछन् रिर्सोटका पर्यटक गाईड तथा म्यानेजर अम्बिका प्रसाद । अहिले मात्रै चितवन निकुञ्जमा ३ सय भन्दा धेरैले निकुञ्ज पर्यटक गाईडको रुपमा रोजगारि प्राप्त गरेका छन् । हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यती धेरै मात्रामा रोजगारी सिर्जना गर्ने पर्यटन व्यवसायीहरुलाई विभिन्न कारण देखाउदै सरकारले वेवास्ता गर्नु भनेको मुलुकको आर्थिक तथा स्थानीय आर्थिक जिवनलाई नजरअन्दाज गर्दा भविष्यमा पक्कै पनि यसको नकारात्मक असर समग्र अर्थतन्त्रमा पर्ने आकंलन झाको रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज मुलुकमै सबैभन्दा धेरै रोयल्टी उठाउने निकुञ्जमा पर्छ । बार्षिक रुपमा नेपालका समग्र निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रबाट ५० करोड भन्दा धेरै राजस्व आम्दानी हुने गर्छ जसमा ६० प्रतिशत हिस्सा चितवनको रहने गरेको छ । निकुञ्जको संरक्षणको नाममा सरकारले व्यसायी र स्थानीयलाई अल्ग्याउन खोजेको आरोप व्यवसायी तथा स्थानीयको रहेको छ । चितवन वाइल्ड लाईफ मात्रै नभई थारु संस्कृतीका लागि पनि आर्कषणको रुपमा लिइन्छ । वाइल्ड लाईफ, संस्कृती र अर्थतन्त्रको संयोजन भनेको नै चितवनको आर्कषण हो ।
चालु आर्थिक वर्ष २०७३÷०७४ को मंसिर मसान्तसम्म ५० हजार नौ सय ७० जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । देशव्यापी रुपमा आन्तरिक पर्यटनको माहोल सिर्जना भइरहेको समयमा चितवन पनि त्यसको अपवाद बन्न सक्दैन तर पर्यटन उद्योगमा स्थानीय र पर्यटन व्यवसायीलाई पृथक राखेर सरकारले चितवनको पर्यटकीय महत्वलाई बढाउन नसक्ने आरोप लगाउने गर्छन झा । वाइल्ड लाईफ पर्यटन भनेपछि संसारमै अफ्रीका मात्रै बुझ्ने गरिएको समयमा टेम्पल टाइगरले त्यसको परिभाषा बदलेर नेपालमा पनि वाइल्ड लाईफ पर्यटन संभव छ भनेर उदाहरणीय काम गरेको सम्झिन्छन् झा । पछिल्लो गणना हेर्ने हो भने पनि चितवन निकुञ्जमा १ सय २० बयस्क बाघ छन् । सरकारले निुकञ्ज भित्र रहेको रिर्सोटलाई निकुञ्ज बाहिर सर्ने आदेश दिएको ५ बर्ष पुगिसकेको छ । यस संगै चितवनमा निकुञ्जमा सबैको पहुँच पनि पुगेको छ तर त्यो पहुँच र सहजता निकुञ्जको लागि दिर्घकालीन रुपमा फाइदाजनक हुन्छ की हुदैँन ? संसारभर नै निकुञ्ज भित्र कुनै पनि मानविय क्रियाकलाप गर्नको लागि लामो वाइल्ड लाईफ अनुभव पहिलो सर्तको रुपमा रहेको हुन्छ तर नेपालमा भने त्यसो देखीएको छैन् तसर्थ अबको बहस भनेको तत्कालीन मुनाफाका लागि निर्णय गर्ने वा दुरदृष्टि सहित काम गर्ने भन्ने हो संगै पर्यटक बढाउने मात्रै होइन उनिहरुबाट कसरी धेरैभन्दा धेरै आम्दानी गर्न सकिन्छ र त्यसको फाइदा स्थानीय स्तर सम्म पु¥याउनु पनि हो । यदी सरकारको यस्तै रवैया रहने हो भने चितवन निकुञ्ज आजका लागि मात्रै नभई हजारौँ पुस्ताका लागि पनि यती नै महत्वपूर्ण हुन सक्छ त ? यसको संरक्षण र संर्वद्धन गर्दै यसको प्राकृतीकतालाई नबिथोलीकन अर्थिक लाभ लिन सक्नु पनि ठूलो चुनौती सावित हुने देख्छन झा ।
टेम्पल टाइगर रिर्सोट
सन् १९९८मा स्थापना भएको यो रिर्सोट चितवन राष्टिय निकुञ्ज भित्रको बसाईको लागि पहिलो आर्कषको रुपमा लिइन्छ । प्रकृतिको सान्ध्यितालाई खलबल नगरिकन उच्च स्तरीय सेवा र सत्कार दिने यो रिर्सोट विश्वभरका धेरै ग्रिन संञ्जालहरुको सदस्य पनि हो । वातवरीय सन्तुलन नबिगारीकन स्थानीय स्रोत र साधनको प्रयोग गर्दै अन्तर्राष्टिय स्तरको सेवा प्रदान गर्ने यो रिर्सोट वाइल्ड लाईफ पर्यटनमा नेपालको लागि आधारको विश्वभरको वाइल्ड लाइफ पर्यटनमा रुचि राख्नेहरुका माझ परिचित छ । सन् २०१२को अप्रील महीनाबाट सरकारले यो रिर्सोटलाई निकुञ्ज भित्रबाट बाहिर निकालेपछि हाल नवलपरासीको अमलटारी क्षेत्रको मध्यवर्ति क्षेत्रबाट रिर्सोटले सेवा प्रदान गर्दै आइरहेको छ ।
पर्यटकलाई हाक्ती सफारी, जिप सफारी, नारायणी नदिमा डुगां सयर तथा थारु संस्कृती नजिकबाट अवलोकन गराउन सक्नु यसको पहिलो विशेषता हो भने स्थानीलाई रोजगार प्रदान गर्दै इको पर्यटन, निकुञ्जको संरक्षण तथा निकुञ्जलाई विश्वव्यापी रुपमा चिनाउन मद्धत गर्नु यसको अर्को विशेषता हो । स्थापनाकाल देखीनै यो रिर्सोटले स्तरीय पर्यटक तथा पर्यटनमा जोड दिदै आएको छ,सन् २००१मा बिट्रिस यअरवेजले यो रिर्सोटलाई “ टुरिजम फर टुमारो ”नामक अर्वाड पनि प्रदान गरिसकेको छ । यति मात्रै होइन रिर्सोटले व्यवसायीकता संगै सामाजीक उत्तरदायीत्व पनि निर्वाह गर्दै आएको छ । स्थानीय विद्यालयलाई बार्षिक रुपमा प्रदान गरिने सहयोग, धेरैभन्दा धेरै स्थानीयलाई रोजगार प्रदान गर्नु र स्थानीय स्रोत र साधनको भरपुर प्रयोग गर्दै स्थानीयबासीको आर्थिक जिवन सबल बनाउन पनि रिर्सोटको योगदान रहेको छ । यसका साथै रिर्सोटले आन्तरीक पर्यटकका लागि भनेर छुट्टै प्याकेजहरु पनि प्रदान गर्दै आएको छ ।
अन्त्यमा प्राकृतिक सम्पदाहरुको भरपुर प्रयोग गर्दै तिनीहरुको संरक्षण, संर्वद्धन र प्रमोसन गदै स्थानीय तथा राष्टिय अर्थतन्त्र मजबुत बनाउनु नै पर्यटन उद्योगको पहिलो उदेश्य रहने गर्छ । पर्यटन उद्योगको सर्वोपरि विकास र दिगो बनाउनका लागि टेम्पल टाइगर रिर्सोट जस्ता अनुभवी तथा व्यवसायीक मयार्दाका मानकहरुलाई सरकार तथा सरोकारवाला निकायले नजरअन्दाज गर्दा त्यसको परिणाम भविष्यमा पर्यटन उद्योगले भोग्ने नै छ । निश्चय नै बदलिदो विश्वपरिवेस संगै पर्यटन उद्योग पनि मौलाउँदौ छ । पर्यटन र यसका आयामहरुलाई अझ उचाइमा पु¥याउनका लागि सरकारले पर्यटन व्यवसायी तथा स्थानीयसंग हातेमालो गर्नै पर्ने हुन्छ ।।
बाघका लागि उपयुक्त वासस्थान बन्दै चितवन राष्ट्रिय निकुञ्ज
चितवन, १४ साउन । नेपालले अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाएअनुरुप चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भइरहेको छ । यहाँको उपयुक्त वासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै बाघको सङ्ख्यामा वृद्धि हुँदै गएको विज्ञहरुको भनाइ छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको सङ्ख्या दोब्बर बनाउने बाघ पाइने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरुप नेपालले पनि बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो ।
नेपालमा त्यतिबेलासम्मको तथ्याङ्कअनुसार १२५ को हाराहारीमा बाघ रहेको थियो । विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।
बाघको सङ्ख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा वन्यजन्तु आरक्षमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए । त्यसपछिको तीन वर्षमा निकुञ्जले गरेका अनुगमनका क्रममा बाघको सङ्ख्या बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्जलाई विशिष्ट वासस्थानका रुपमा लिइन्छ । कँडेलले भने – “सबैखालको वातावरण भएको भू–भाग निकुञ्जमा छ । बाघका आहारा मुख्य रुपमा ठूला जनावर चित्तल, जरायो, गौरीगाई, नीलगाईलगायत हुन् ।” कँडेलका अनुसार भोकाएको बाघले करिब २२ पटकसम्म सिकारको प्रयासपछि जनावरको सिकार गर्ने गर्दछ । जसका कारण सानो जनावरले बाघलाई आहार पुग्दैन ।
कँडेलले भने – “८८ किलोसम्म बाघले एकै पटक खान्छ र सातदेखि १० दिनसम्म आराम गर्दछ ।” जसका लागि निकुञ्जमा प्रशस्त ठूला जनावर रहेका छन् । ३० हजार हाराहारी चित्तल, १० हजार हाराहारी जरायो, ३६८ वटा गौरीगाई, एक सय हाराहारी नीलगाई रहेको बताउँदै कँडेलले बाघका लागि पर्याप्त आहार निकुञ्जमा रहेको बताए ।
निकुञ्जमा रहेका प्रशस्त पानीका स्रोत बाघ र उसको आहारका लागि उपयुक्त छ । निकुञ्ज हुँदै बग्ने नदी, खोला, तालतलैया, सिमसार क्षेत्रसँगै १० हजार हेक्टर घाँसे मैदान बाघ र बाघका आहाराका लागि उपयुक्त बन्दै गएको उनले बताए ।
नदीतटीय वन जहाँ बाघले गर्मीमा शीतलता पाउँछ भने जाडोमा न्यानोका लागि निकुञ्जका प्रशस्त झाडी बाघले उपयोग गर्छ । चुरे पहाडदेखि समथर तराई हुँदै नदीका तटीय क्षेत्र बाघका लागि उपयुक्त वासस्थान हुन् ।
चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त पानीसँगै पहारिलो घाम लाग्ने घाँसे मैदान छन् । एउटा भाले बाघका लागि १० देखि १२ वर्गकिलोमिटर क्षेत्रफल चाहिन्छ । एक क्षेत्रमा एउटा मात्रै भाले बाघ बस्ने गर्छ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेको छ भने आसपासका मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७५० वर्गकिलोमिटर रहेको छ । निकुञ्जमा मात्रै ७७ वटाभन्दा बढी भाले बाघ बस्न पुग्ने वासस्थान छ ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत शिवराज भट्ट चितवन राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान भएको बताउँछन् । निकुञ्जसँगै जोडिएका भारतको वाल्मीकि टाइगर रिजर्भ सेन्टर र पर्सा वन्यजन्तु आरक्ष पनि बाघका लागि निकै उर्वर भूम भएकाले यसको बीचमा रहेको चितवन राष्ट्रिय निकुञ्जले बाघको सङ्ख्या बढाउन र संरक्षणमा नयाँ रणनीतिका साथ जुट्नुपर्ने उनको सुझाव छ ।
चोरी सिकारी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै मानव र बाघबीचको द्वन्द्व घटाउन सके बाघको सङ्ख्या अरु बढेर जाने भट्टको भनाइ छ ।
बाघको वासस्थान सङ्कुचन, वनको खण्डीकरण, चोरी सिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमासम्बन्धी समस्या पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएका छन् ।
नेपालले सन् २०२२ सम्ममा २५० बाघ पुर्याउने प्रतिबद्धतासँगै लक्ष्य लिएको छ । जसका लागि चितवन राष्ट्रिय निकुञ्जमा १४० बाघ पुर्याउन सक्नुपर्ने र अन्य थोरै सङ्ख्या रहेका निकुञ्ज तथा आरक्षमा सङ्ख्या बढाउन सके लक्ष्यअनुरुप बाघको सङ्ख्या पु¥याउन कठिन नहुने विश्व वन्यजन्तु कोषमा कार्यरत पूर्वप्रमुख संरक्षण अधिकृत भट्टको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पछिल्लो समय गरिएको संरक्षणका कारण पनि बाघको सङ्ख्या वृद्धिमा सहयोग पुगेको विज्ञहरुको भनाइ छ । बाघका लागि देशकै नमुना निकुञ्जका रुपमा विकास हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जलाई मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग निरन्तर रहेमा बाघको सङ्ख्या बढाउन कुनै कठिनाइ नपर्ने देखिन्छ ।
यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका किरा फट्याङ्ग्राहरू रहेका छन् ।
विसं २०३० मा यो निकुञ्ज स्थापना हुँदा नेपालमा वन क्षेत्र घटेर ३० प्रतिशतमा झरेको थियो । त्यसपछि क्रमशः वन क्षेत्र विस्तार अभियान सुरु भएपछि पुनः क्रमशः वन क्षेत्र बढ्दै गएको छ । रासस
चितवन राष्ट्रिय निकुञ्ज दोपाया चराहरुको क्रीडास्थल
चितवन, १२ चैत २०७३ - चितवन राष्ट्रिय निकुञ्ज भन्दाबित्तिकै धेरैलाई लाग्छ, जंगल सफारी गर्दै हात्ती र गैंडा अवलोकन गर्ने ठाउँ हो यो । तर, तपाई भ्रममा हुनुहुन्छ । चितवन चौपाया जंगली जनावरको मात्रै होइन, दोपाया चराहरुको पनि क्रीडास्थल हो ।
चितवनमा कति छन् चरा ?
चितवनमा खर मयुर, मयुर, धनेष, चखेवा, काँडे भ्याकुर लगायतका चरा पाइन्छन् । यहाँ दुई किसिमका चराहरुको अभिलेख राख्ने गरिन्छ- एक जिल्लागत रुपमा र दोस्रो राष्ट्रिय निकुञ्जका रुपमा ।
चितवन निवासी चराविद टीका गिरीका अनुसार चितवन जिल्लाभर ६३५ प्रजातिका चरा गणना गरिएको छ । तर, चितवन राष्ट्रिय निकुञ्जभित्र करिब ६ सय प्रजातिका चरा पाइन्छन् ।
चरा हेर्न कहिले जाने ?
फेब्रअुरी, मार्च, अपि्रल चरा अवलोकनको सबैभन्दा उत्तम सिजन हो । दशैंताका पनि चरा अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । जंगली जनावरहरुका साथै चराहरुको तस्वीर खिच्न विभिन्न निकुञ्ज घुमिसकेका सागर गिरी भन्छन्, ‘तर, हामीले के कुरा ध्यानमा राख्नुपर्छ भने जाडो यामका चरा हेर्न जाडोमा र वर्षायामका चरा हेर्न वर्षायाममा जानुपर्छ । साथमा बाइनाकुलर लगेर जाँदा राम्रो हुन्छ ।’
सागर गिरीको सोख
सानैदेखि चरासँग नजिकिएर रमाउन चाहने सागर गिरी चराविद टीका गिरीका छोरा हुन् । उनी बर्ड एजुकेशन सोसाइटीका सदस्यसमेत छन् । आई क्लिक्स फर कन्जरभेसन नामक संस्थाका फाउन्डर, टाइगर कन्जरभेसन कमिटी र कम्युनिटी बेस एन्टी पोचिङ युनिटको सदस्य समेत रहेका सागर भन्छन्, ‘मेरो परिवार नै प्रकृतिसँग नजिक छ । त्यसैले आफ्नो देशको चरा जोगाउन र प्रमोट गर्न पनि म यता लागें ।’
छोरा सागरको कामप्रति टीका गिरीले पनि गौरव गरे । उनले भने, ‘यति ठूला एक्वीपमेन्ट लिएर ज्यान जोखिममा पारेर निकुञ्जहरुमा घुम्ने र तस्वीर खिच्नेहरु कमै छन् । मलाई मेरो छोरोप्रति गौरव छ । परिवारका सबै सदस्य खुसी छौं । मलाई लाग्छ, राष्ट्रलाई पनि खुसी लागेको छ ।’
Subscribe to:
Comments (Atom)